कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरियो, बाँध खोल्ने तयारी

सफल खबर संवाददाता

सोमबार, ३० असार २०७६, ०९ : २८
कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरियो, बाँध खोल्ने तयारी

काठमाडौं । निरन्तर वर्षापछि बढेको नदीका कारण कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएको छ । आयोजनाको सरोवर भरिएर २५.४/३० मिटर पुगेको हुँदा बाँध खोलेर निकास गर्नुपर्ने अवस्था आएको राष्टिय इमरजेन्सी अपेरेसन सेन्टरले जनाएको छ । बाँध खोलेर नियन्त्रित निकास गर्नुपर्ने भएको उक्त सेन्टरले जनाएको छ ।

अहिले बाँध खोलेर निकास निकाल्ने तयारी हुदैछ । केही घण्टा भित्रै कुलेखानी जलविद्युत आयोजनाको सरोवरको बाँध खोल्न शुरु हुने केन्द्रले जनाएको छ । बाँध खोल्न लागेको जनाउ दिदै आयोजना स्थलको तल्लो तटीय क्षेत्रमा सर्तकता अपनाउन पनि केन्द्रले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस