चितवन । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले आफ्नो कार्यकालको दुईवर्षे अवधिमा थुप्रै विकास निर्माणका कामहरु भएको बताउनु भएको छ ।
भरतपुर महानगरपालिका– १९ शारदानगर टाउनमा निर्माण भएको प्रहरी चौकीको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दे प्रमुख दाहालले यस्तो बताउनु भएको हो । उहाँले विगतका बिसौं वर्षमा हुन नसकेका विकास निर्माणका कामहरु आफ्नो कार्यकालको दुईवर्षे अवधिमा भएको दावी गर्नुभयो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएकी दाहालले भरतपुरलाई देशकै नमुना अनि समृद्ध महानगरपालिका बनाउन लागिपर्ने अठोट गर्नुभयो । भरतपुर महानगर योजनाबद्ध र सन्तुलित विकासको नितीलाई अवलम्ब गर्र्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढिरहेको प्रमुख दाहालको भनाइ छ ।
उहाँले समाजमा शान्ति सुरक्षा कायम, अपराध र दुव्र्यसन नियन्त्रण गर्नका लागि स्थानीयसँग मिलेर काम गर्न महानर समुदायमा प्रहरी साझेदारी कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ असार २०७६, ०९ : ०१
लेखकबाट थप