सरकारले आइफा अवार्डमा खर्च नगर्ने

सफल खबर संवाददाता

बुधबार, १८ असार २०७६, १२ : ४४
सरकारले आइफा अवार्डमा खर्च नगर्ने

काठमाडौँ । सरकारले आइफा अवार्डमा खर्च नगर्ने भएको छ । ओली र प्रचण्डबीच बुधबार बिहान भएको छलफलमा सरकार यसबाट पछि हट्दा राम्रो हुने निष्कर्षमा पुगेको बताइएको छ । यद्यपी यसबारे सरकारले आधिकारिक रुपमा जानकारी भने दिएको छैन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल समेत सहभागी छलफलमा विवाद बढेकाले यसबाट सरकारपछि हट्दा नै उपयुक्त हुनेमा नेताहरु सहमत भएका बालुवाटार स्रोतले जानकारी दिएको छ । 
इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी आइफा अवार्डमा सरकारले एक अर्ब रुपैयाँ खर्च गर्ने भनेकोे थियो । यसको चौतर्फी विवाद चर्किएपछि सरकार यस निर्णबाट पछि हट्न लागेको हो ।

यसअघि सरकारले आइफा अवार्डका लागि नगद ४४ करोड २५ लाख रुपैयाँ र आउने भारतीय कलाकारसहित करिब छ सय जनालाई आतेजाते प्लेनभाडा र होटलमा बसेको खर्च समेत गरेर एक अर्ब रुपैयाँ खर्चिने सामाचारहरु सार्वजनिक भएका थिए । अवार्डका लागि पर्यटन बोर्ड र काठमाडांै महानगरपालिकामार्फत उक्त रकम खर्च गर्न लागिएको खबरहरु सार्जजनिक भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस