सगरमाथामा प्रकाशले बोलेको त्यो वाक्य, जसले विनाको मन पगाल्यो

सफल खबर संवाददाता

मंगलबार, १७ असार २०७६, १७ : १५
सगरमाथामा प्रकाशले बोलेको त्यो वाक्य, जसले विनाको मन पगाल्यो

काठमाडौं । खानेपानीमन्त्री विना मगरले प्रकाश दाहाल अत्यन्तै साहसी व्यक्ति भएको बताउनु भएको छ । प्रकाश दाहाल फाउण्डेसनले मंगलबार काठमाडौंमा आयोजना गरेको प्रकाश दाहाल ३८ औं जन्मजयन्ती एवं सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले यस्तो बताउनु भएको हो । उहाँले प्रकाश साहसी मात्रै नभएर उद्देश्यप्रति अडिग व्यक्ति भएको बताउनु भयो ।

मन्त्री मगरले प्रकाशसँगको सगरमाथा आरोहणको कुरा स्मरण गर्दै भन्नुभयो, ‘हामीलाई लगेर गएका शेर्पा भाइहरु घाइते थिए । घाइते शेर्पाहरुले ‘हिड्दै गर्नुस्, हामी तपाईंहरुलाई भेट्छौं’ भन्नुभयो । त्यसपछि प्रकाशजी लगायत अन्य साथीहरुसँग हामी अगाडी बढ्यौं । शेर्पाहरु लामो समय पनि नआइसकेपछि मैले प्रकाशलाई भनेकी थिएँ, ‘हामी फर्कनुपर्छ होला, यो अक्सिजनले पुग्दैन ।’ त्यतिबेला उहाँले भन्नुभयो, ‘यो अक्सिजनले सगरमाथाको चुचुरो पुग्न सकिन्छ ।’  ‘ त्यतिबेला प्रकाशले आफ्नो ल्क्ष्यमात्र हेर्नुभयो त्यो सँगको जोखिम र चुनौतीलाई कहिले पनि हेर्नुभएन’ मन्त्री मगरले भन्नुभयो ‘यसबाट प्रष्ट हुन्छ की प्रकाश आफ्नो लक्ष्यप्रति अडिग रहने एक साहसिक व्यक्ति  हुनुहुन्थ्यो' ।

यस्तै मन्त्री मगरले सगरमाथा यात्रा गर्दा खेरीका तिति मिठा अनुभवहरु सुनाउनु भएको थियो । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रकाश दाहाल साहसिक सगरमाथा आरोहण सम्मान २०७६ बाट पाँच जनालाई सम्मानित गर्नुभयो । सम्मानित हुनेमा दक्षिण कोरियाका नागरिक आमहोम गिल, ज्ञानेन्द्रकुमार श्रेष्ठ, माया शेर्पा, आङसार्की शेर्पा र छिरिङ छुन्दो शेर्पा छन् ।

प्रतिष्ठानकी अध्यक्ष बीना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

यो पनि
पूर्ण जीवन बाँचेर गए प्रकाश : अध्यक्ष प्रचण्ड

प्रतिक्रिया दिनुहोस