काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलको आजभोली आफ्नै पार्टी नेताहरुसँग भनाभन हुन थालेको छ । सरकार र पार्टी कामको खरो पार्टीभित्रै रहेर खरो आलोचनामा उत्रिदै आएका
रावलको पछिल्लो चर्काचर्की संसदीय दलको बैठकमा परेको छ ।
पार्टी र सरकारको नेतृत्वले जे मन लाग्यो त्यही गदै हिड्ने हो भने यो पार्टीको अवस्था कहाँ पुग्छ ? भन्दै संसदीय दलको बैठकमा ५ मिनेट बोल्ने समय पाएका रावलले मनलाग्दी निर्णय गर्दा पार्टीमा छलफल गर्नुपर्दैन भन्दै
पार्टीमा नियमित बैठक बोलाउन माग मात्र गरेनन् भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठसँग बाझाबाझ नै गरे ।
‘सरकारले आफु खसी निर्णय लिने त्यसको स्वामित्व पार्टीले लिईदिनुपर्ने, गलत कामको साक्षी किनारा हामी बसिदिनुपर्ने भन्ने कहाँ छ ?’ रावल दल बैठकमा कडकिएका थिए ।
त्यक्ति मात्र होइन, उनले भौतिक पूर्वाधार मन्त्रालयले बजेट बनाउँदा बिचौलियाको प्रभावमा परेर बनाएको आरोप पनि लगाए । रावलले बिचौलियाको प्रभावमा बजेट बनाएको आरोप लगाएपछि मन्त्री महासेठ पनि के कम
! उनले पनि रावलमाथी प्रतिप्रश्न तेरस्याई हाले, –‘अनावश्यक आरोप नलगाउनुहोस्ल । बोल्न पाएभन्दैमा जे पनि नबोल्नुहोस् । त्यसै आरोप लगाउन पाइन्न । प्रमाण भए ल्याउनुहोस् ।’
रावलले भने आफुले जहिले जे बोलेको हुन्छु त्यो प्रमाणकै आधारमा मात्र बोल्ने गरेको बताएपछि मन्त्री महासेठ र रावलका बीच वैठकमा केही बेर भनाभन नै चलेको नेकपाका एक सांसदले बताए ।
उनका अनुसार आरोप–प्रत्यारोपमा एक छिन बैठक हल नै तात्तिएपछि कार्यक्रम सञ्चालन गरिरहेका प्रमुख सेचतक देव गुरुङले त्यसपछि हस्तक्षेप गरेर झगडा नियन्त्रण लिनु परेको थियो ।
रावल सरकारको कामप्रति तिखो रुपमा आलोचनामा उत्रिएका थिए । पछिल्लो चरण इन्टरनेशनल इन्डिया फिल्म एकेडेमी (आइफा)को आयोजनामा सरकारले पैसा दिने निर्णय गरेको भन्दै चर्काे आलोचनामा उत्रिएका थिए ।
सामाकिज सन्जालमै उनले भनेका थिए,–‘ भारतीय चलचित्र पुरस्कार आइफाको आयोजनाको लागि काठमाडौं न.पा.ले ४४ करोड दिने, नेपालको करिब १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खबर सुन्दा आश्चर्य लागेको छ । यस्ता काम कस्को उक्साहट र स्वार्थमा कसले किन गर्छ होला ! नेकपाको स्थायी कमिटीको बैठक भए जान्न पाइन्थ्यो कि ?’ यो विषयमा पनि रावलले दल बैठकमा कुरा उठाएका थिए । अचेल रावल पार्टीका र सरकारका गतिविधिमा सार्वजनिक कार्यक्रम, सामाजिक सन्जालमा समेत चर्काे आलोचक बनिरहेका छन् ।
उनले पार्टीमा नियमिति बैठक नबस्ने र आफ्ना कुरा राख्न नपाएपछि बोल्ने मञ्च सामाजिक सन्जाल र सार्वजनिक कार्यक्रम भएको बताउँदै आएका छन् । काग्रेस सांसद मिनेन्द्र रिजालले त अझ एकपटक संसदमै उनलाई प्रतिपक्षी दलको सभापति भन्दै रावलको प्रस्तुतीमा समर्थन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ असार २०७६, ०७ : २५
लेखकबाट थप