चितवन राष्ट्रिय निकुञ्जमा ‘स्विप अप्रेसन’ सुरु

सफल खबर संवाददाता

सोमबार, १६ असार २०७६, १३ : ५४
चितवन राष्ट्रिय निकुञ्जमा ‘स्विप अप्रेसन’ सुरु

चितवन । वर्खाको समयमा हुने चोरी सिकारी नियन्त्रणका लागी चितवन राष्ट्रिय निकुञ्जमा ‘स्विप अप्रेसन’ सुरु भएको छ । नियमित कार्यक्रम अन्तर्गत गरीने गस्तीलाई विशेष रुपमा सञ्चालन गरीएको निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए । उनका अनुसार निकुञ्जलाई १० भागमा विभाजन गरी अप्रेसन थालिएको हो । 
निकुञ्जको अमलटारी, माडी, सौराहा र कसरा सेक्टरका विभिन्न स्थानबाट अप्रेसन थालिएको छ । अमलटारीबाट अप्रेसनको सुरुवात गरीएको छ । घिमिरेले यो अप्रेसनमा हात्ति, डुंङ्गा, पैदल, साईकलमार्फत निकुञ्जका कर्मचारी, नेपाली सेना, माउते लगाय २५ देखि ३० जनाको टोली परिचालन भएको बताए । 

राति, दिउँसो, बिहान, साँझ जुनसुकै समयमा हुने यो अप्रेसन १० दिन सञ्चालन हुने छ । त्यसपछि पनि विशेष किसीमको अभियान सञ्चालन गरीने निकुञ्जले जनाएको छ । वर्षातको मौसममा चोरी सिकारीको सम्भावना बढी हुनेभएकाले निकुञ्जले विशेष अभियान सञ्चालन गर्नेगरेको छ । विश्वमै दुर्लभ मानीन एकसिंगे गैँडा, पाटेबाघ लगायत अन्य वन्यजन्तु तथा चराचुरुंगी पनि पाईने हुँदा चितवन राष्टिय निकुञ्जलाई विशेष रुपमा हेर्ने गरीन्छ । 
 

प्रतिक्रिया दिनुहोस