छोरा र बुहारी विदेशमा, स्वदेशमा ४ वर्षीया नातिनीमाथि हजुरबाको जबरजस्ती करणी

सफल खबर संवाददाता

बुधबार, ११ असार २०७६, ११ : ३८
छोरा र बुहारी विदेशमा, स्वदेशमा ४ वर्षीया नातिनीमाथि हजुरबाको जबरजस्ती करणी

ललितपुर । ४ वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा  ५१ वर्षे हजुरबा पक्राउ परेका छन ।
रौतहट जिल्ला चन्द्र निगाहपुर–१ पौराही घर भई ललितपुरको टिकाथलीको एक घरमा फ्ल्याट भाडामा लिई बस्दै आएका हजुरबाले रक्सीको नसामा नातिनीलाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । आफूलाई हजुरबाले जबरजस्ती करणी गरेको कुरा पीडित नावालिकाले आफ्नी फुपुलाई सुनाएपछि फुपुको जाहेरीको आधारमा प्रहरीले बलात्कारीलाई असार ९ गते पक्राउ गरेको हो । पीडकको नाम सार्वजनिक गर्दा पीडित नातिनीको नाम पनि सार्वजनिक हुने हुँदा प्रहरीले दुबैको नाम गोप्य राखेको छ । 

आरोपीका छोरा र बुहारी विदेशमा भएको कारण आफ्नो संरक्षणमा रहेको नातिनीलाई हजुरबाले दाईसँग कोठामा सुतेको अवस्थामा उठाएर आफूसँगै लगेर अप्राकृतिक मैथुनको साथै जबरजस्ती करणी गरेको पीडित नातिनीले प्रहरीलाई बताएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

पीडित नावालिकाको घाउ जाँच र आवश्यक स्वास्थ्य परिक्षणको लागि प्रसुती गृह थापाथलीमा लगिएकोमा त्यसको प्रारम्भिक रिपोर्ट आइसकेको र विस्तृत रिपोर्ट केही दिनभित्रै आउने प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस