प्रधानमन्त्रीकै सल्लाहकारले किन लेखे यस्तो  ट्विट?

सक्दा व्यवस्था उल्टाउने नभए सरकारका विरुद्ध प्रयोग गर्ने रणनीतिमा देशी–विदेशी शक्ति लागेको आरोप

सफल खबर संवाददाता

मंगलबार, १० असार २०७६, १० : ०९
प्रधानमन्त्रीकै सल्लाहकारले किन लेखे यस्तो  ट्विट?

काठमाडौं । गुपचुप रुपमा कम्बोडिया पुगेर फर्केका प्रधानमन्त्रीका परराष्ट सल्लाहकार डा.राजन भट्टराईले समाजिक सन्जालमा एउटा ट्विट लेखे ।

त्यो ट्विट हेर्दा सामान्य भएपनि त्यसभित्र अन्र्तरनिहित शब्द र त्यसले गर्न खोजेको संकेत सामान्य थिएन । उनले लेखे,–‘बढ्दो जन अपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणाली, यसबाट उत्पन्न जनअसन्तुष्टिलाई सक्दा व्यवस्था उल्टाउने नभए सरकारका विरुद्ध प्रयोग गर्ने । ककस्लाई के कसोगरी एक ठाउमा ल्याउन सकिन्छ भनी भित्र बाहिरका शक्तिहरु सक्रिय रहेको अवस्था । इतिहास दोहोर्याउने कुचेष्टा ।’

प्रधानमन्त्री ओली एकपछि अर्काे गरी सरकार सञ्चालन र पार्टी सञ्चालनमा कमजोर बन्दै गईरहेका बेला प्रधानमन्त्रीका परराष्ट सल्लाहकारको यस्तो टिप्पणी आएको हो । चुनाव अगाडीसम्म नेकपा प्रति जनताको ठूलो अपेक्षा थियो । त्यही अपेक्षा अनुसार नै नेकपालाई मतदाताले झण्डै दुई तिहाई मत दिएका थिए ।

९ –९ महिनामा सरकार परिवर्तनको बानी परेका नेपालीहरुले सुविधाजनक बहुमत प्राप्त गरेपछि स्थिरता पाउने र सुशासन र विकासको गतिमा मुलुक अगाडी बढ्ने अपेक्षा सर्वसाधारणमा थियो ।

त्यो स्वभाविक पनि थियो । तर सिंहदरबारमा दोश्रो इनिङका रुपमा प्रवेश गरेका प्रधानमन्त्री केपी ओलीले जनताको अपेक्षा पूरा गर्न सकेनन । उनीप्रतिको जनअसन्तुष्टि पछिल्ला दिनमा बढ्दै गयो । उनले लिने निर्णय पार्टीमा छलफल बिनै लिएका कारण पार्टीका नेताहरुले समेत त्यसको स्वामित्व ग्रह्ण गर्न सकेनन । त्यसबाट पनि ओली सरकार सञ्चालनमा कमजोर देखिन पुगेका छन् ।

अझ सरोकारवालासँगको छलफल बिनै ल्याएको गुठी विद्येकय फिर्ता पछि त ओली निक्कै रक्षात्मक बन्न पुगेका छन् । यस्तो वेला देशी विदेशी चलखेल भएको कुरालाई स्वीकार गर्न सकिएपनि आफ्नै यो अवस्था निम्ताउने काम ओली आफैले गरेको राजनीतिक वृत्तमा अहिले चर्चा हुन थालेको छ । यही बेला प्रधानमन्त्रीका सल्लाहकारकै सामाजिक सन्जालमा आएको यस्तो टिप्पणीले ओली सरकार घेराबन्दीमा परेको र कमजोर भएको अनुमान लगाउन सकिने विश्लेषण राजनीतिक क्षेत्रमा गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस