ओली–देउवा पार्टी सञ्चालनमा एकै प्रवृत्तिका

प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवाका एकै शैलीका कारण दुबैले नेतृत्व गरेका पार्टीको अवस्था भने लथालिङ छ

सफल खबर संवाददाता

सोमबार, ०९ असार २०७६, ०८ : ५०
ओली–देउवा पार्टी सञ्चालनमा एकै प्रवृत्तिका

काठमाडौं । प्रमुख दुई राजनीतिक पार्टीका अध्यक्ष केपी ओली र शेरबहादुर देउवा पार्टी सञ्चालनमा उस्तै देखिएका छन् । ओली सत्तारुढ दल नेकपाका अध्यक्ष छन भने देउवा प्रतिपक्षी काग्रेसका । सत्तारुढ दल नेकपामा ओली मात्रै अध्यक्ष छैनन, पुष्पकमल दाहाल (प्रचण्ड) पनि अध्यक्ष छन् ।

तर पार्टी सञ्चालनमा ओली नै हाबी देखिएका छन् । नेकपा सचिवालय सदस्य बामदेव गौतमका अनुसार, अध्यक्ष दाहाल प्रधानमन्त्री समेत रहेका ओलीका सहयोगी जस्तो मात्र देखिनु भएको छ । ओलीले पार्टी सञ्चालनमा जताततै उल्झन मात्र राख्ने काम गरेपछि प्रचण्ड साहायक जस्ता र ओली निर्णायक जस्ता देखिएका हुन् ।

तत्कालिन दुई पार्टी एमाले र माओवादीबीच एकता गर्दा नै पार्टीमा दुई अध्यक्ष रह्ने तर निर्णय प्रक्रियामा आपसी सहमतिका आधारमा मात्र गर्ने समझदारी भएपछि प्रचण्डलाई पनि अप्ठ्यारो परेको छ । निर्णय क्षमतामा अब्बल मानिने प्रचण्ड ओलीकै कारण अगाडी बढ्न सकिरहेका छैनन । पार्टी सक्रिय बनाउन ओलीले गरेको आलटालका कारण उनको भूमिका सहायक जस्तो मात्र देखिन पुगेको छ ।

नेकपामा ओलीले नचाहदा अहिले कुनै निर्णय हुन सक्ने अवस्था छैन । कहिले सरकारको काम त कहिले के को ब्यस्तता देखाएर ओलीले आफु अनुकुल निर्णय पार्टीमा गराउन नसक्दा सम्म पार्टीका सवै प्रक्रियालाई बन्धक जस्तै बनाएर राखेका छन् । नेकपाकै नेताहरु ओलीको यो निरंकुश शैली भएको टिप्पणी गर्छन् ।

ठीक त्यस्तै अवस्था छ, काग्रेस सभापति देउवाको पनि । उनले पनि पार्टी सञ्चालनमा ओलीकै जस्तो आफुलाई निरंकशु बनाईरहेका छन् ।

काग्रेसमा अहिले रामचन्द्र पौडेल पक्षधर नेताहरु महाधिवेशनको माग गरिरहेका छन । तर देउवाले त्यसलाई सुन्न चाहेका छैनन । उनी एकोहोरो महाधिवेशन धकेल्ने योजनामा छन् । ठीक त्यही शैलीमा छन, ओली ।

१७ महिनासम्म पनि प्रधानमन्त्री ओलीले आफनो सरकारको कामका विषयमा एकचोटी पनि समिक्षा बैठक राखेका छैनन । जताततै सरकारको कार्यशैलीको आलोचना हुदाँ पनि उनले पार्टीलाई निर्णय प्रक्रियामा सहभागि गराउने र स्वामित्व ग्रहण गराउने अवस्था दिएका छैनन ।

‘उहाँ आफै ब्रम्हज्ञानी जस्तै देखिनु हुन्छ, अरु कसैलाई नटेर्ने, नगन्ने प्रवृत्ति प्रधानमन्त्रीमा देखिनु थालेको छ’ नेकपाका एक स्थायी समिति सदस्य भन्छन्,–‘जसकाकारण पार्टी बैठक बस्दैनन्, कमिटि एकता टुग्गिदैनन, राजनीतिक प्रतिवेदन छापिदैनन, नेताहरुले काम पाउँदैनन ।’

हुन पनि ओलीकै अनिच्छा र आफु अनुकुल नहुदासम्मको आलटाले प्रवृत्तिका कारण नेकपाको केन्द्रीय सदस्यहरुले एक वर्ष देखि काम पाएका छैनन । सबै नेता कार्यकर्ता बेरोजगार छन् । केन्द्रीय समिति सदस्यहरुले कुनै पनि विषयमा पार्टीमा बहस , छलफल गर्न पाएका छैनन । पार्टी बैठकमा सहभागी समेत हुन पाएका छैनन । पार्टी र सरकारकै विषयमा कुहिरोको कागको अवस्थामा नेताहरु छन् ।

यी सबै काममा अवरोध आउनुमा प्रधानमन्त्री ओली नै प्रमुख दोषी देखिएको नेकपा नेताहरुको बुझाई छ ।

ठीक त्यही शैली काग्रेस सभापति देउवामा पनि छ । काग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको अवधी विद्यानत फागनुमा सकिदैछ । तर काग्रेसले यो अवधीमा कुनै विभागहरु बनाउन सकेन ।

साढे ३ वर्ष भयो, संविधान बनेको र देश संघीय संरचनामा गएको, तर महासमितिबाट विधान संसोधन गरेर बनाएको संघीय संरचनामा काग्रेस अहिलेसम्म जानै सकेको छैन ।

काग्रेसमा देउवाकै कारण र अनिच्छाका कारण संगठन र पार्टी सञ्चालन भद्रगोल बनेको आरोप काग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला लगाउँछन् । कोइराला भन्छन्, –‘हामी महाधिवेशन समयमा गरौं भनिरहेका छौं । फागुनमै गर्न केही अप्ठ्यारो हुन सक्छ । विधानमा पनि ६–६ महिना गरेर एक वर्ष थप्न सक्ने प्रावधान छ तर, कारण देखाउनुप‍¥यो किन थप्ने ? काम गर्दागर्दै समयमा सकिएन भने हामी पनि मान्छौं । तर, त्यो पनि छैन । आफुलाई मन लागे जसरी पनि पार्टी सञ्चालन गर्ने प्रवृत्ति सभापतिमा देखिएको छ ।’

त्यसो त काग्रेसमा अहिले चलिरहेको जागरण अभियानमा पनि देउवाको कार्यशैलीगत समस्या देखिएको नेताहरु हाक्काहाक्की नै बताउँछन् । नेविसंघको केन्द्रीय समिति छैन । तर्दथवादमा संगठन चलेको छ । तरुण दलमा चार जनाको मात्र पदाधिकारी छ । महिला संघमा चर्काे विवाद छ । तर सभापति देउवाले यो विषयमा पनि खासै चासो देखाएका छैनन ।

‘संस्थापन पक्षका सबै तदर्थवादमा चलाउन खोजेका छन् । यतातिर पनि केही साथीहरु छन् । किनकि कांग्रेस तदर्थवादमा चल्यो भने आफूलाई केही फाइदा हुन्छ कि भन्ने लागेको होला ।’ शेखर भन्छन् ।

देउवा –ओली दुबैका पार्टीमा अनगिन्ती समस्या छन् । पार्टी लथालिंग अवस्थामा छ, दुबैका । तर त्यसको समाधानका लागि दुबैले बेलैमा खास चासो दिएका देखिदैनन् । यसले पनि देउवा ओली पार्टी सञ्चालनमा एकै प्रवृतिका पात्र बनेको आरोप दुबै पार्टीमा छ ।

प्रतिक्रिया दिनुहोस