अष्ट्रेलियामा डिआर पौडेलको सम्झना

सफल खबर संवाददाता

आइतबार, ०८ असार २०७६, १० : ४८
अष्ट्रेलियामा डिआर पौडेलको सम्झना

काठमाडौं । प्रवासी नेपाली एकता मन्च अष्ट्रेलियाको आयोजनामा पूर्व शिक्षामन्त्री डिआर पौडेलको सम्झनामा श्रद्धान्जली कार्यक्रम सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम स्थानिय समय अनुसार दश बजे शुरु भएको थियो ।

कार्यक्रममा स्वर्गीय पौडेलको तस्वीरमा माल्यार्पण गर्दै पौडेलको उमेर जनाउने ५३ वटा मैन बत्ती प्रज्जवलन तथा एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रमका प्रमुख वक्ता नेकपाका केन्द्रीय सदस्य चौलागाईले पौडेलको निधनले एक असल र सक्षम नेता गुमाएको बताएका थिए । ‘कमरेड डिआर बाट मूलतः तीन कुरा सिक्न सकिन्छ । पहिलो, प्रतिबद्धता, दोश्रो, सरलता र तेश्रो, अध्ययनशीलता । उहाँको असमायिक निधनबाट मुलुक र नेकपाले एक असल र सक्षम नेता गुमाएको छ ।’ कार्यक्रममा चौलागाईले भने । 

अष्ट्रेलियाको राजधानी सिड्नी स्थित मेरिल्याण्डको एक हलमा भएको  कार्यक्रममा प्रबासी नेपाली एकता मन्चका नेताहरु शेषमणी शर्मा र रमेश पाण्डे, प्रवीण कंडेल, एनआरएन अन्तरराष्ट्रीय समन्वय समिती सदस्य दीपक भट्टराई तथा सन्तोष आचार्य लगायतले समेत बोलेका थिए । पूर्वमन्त्री पौडेलको गत असार एक गते चितवन माडीको आफ्नै निवासमा हृदयघात भएर निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस