आज देखि तीन दिन भारी वर्षाको सम्भावना

नारायणी, पश्चिम राप्ती, ववई, कर्णाली जलाधार भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

सफल खबर संवाददाता

आइतबार, ०८ असार २०७६, १० : ००
आज देखि तीन दिन भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर पानी पर्ने र केही स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुुमान लगाएको छ । खासगरी नारायणी, पश्चिम राप्ती, ववई, कर्णाली जलाधार क्षत्रेमा मध्यम देखि भारी सम्म वर्षाको
सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशका प्रमुख तथा मझौला नदीहरुमा जलसतह हिजोको तुलनामा बढी रहेको तर सर्तकता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको पनि विभागले जारी गरेको दैनिक पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

‘नारायणी, पश्चिम राप्ती, ववई, कर्णाली जलाधार क्षेत्रमा मध्यम देखि भारी सम्म वर्षाको सम्भावनाले उक्त जलाधारहरुमा वहाव उल्लेखय बढ्ने’ पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिमा उल्लेख छ । गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका पहाडी तथा चुरे क्षेत्रका स–साना खोलानालाहरुमा भने तिब्र बहावको उच्च सम्भावना देखिएको र पहिरोग्रस्त क्षेत्रमा लेदो सहित आकस्मिक बहावको सम्भावना समेत रहेको महाशाखाले पूर्वानुमान लगाएको छ ।

यो क्रम पर्सि मंगलबार सम्म निरन्तर जारी रहने पनि महाशाखाले जनाएको छ । पश्चिम पोखरा, सुर्खेतलगायत, मध्य काठमाडौंलगायत तथा पूर्व धनकुटालगायत क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको पनि विभागले बताएको छ । भारी वर्षा भएका क्षेत्रमा सर्तक रहन पनि महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस