पार्लरमा के गदैछन् मोहन वैद्य ?

सौर्दयशास्त्री समेत रहेका मोहन वैद्य (किरण)को पार्लरमा थेडिङ गदै गरेको फोटो भाइरल बनिरहेको छ

सफल खबर संवाददाता

आइतबार, ०८ असार २०७६, ०८ : ३५
पार्लरमा के गदैछन् मोहन वैद्य ?

काठमाडौं । नेपालका माओवादी धारका राजनीतिक नेताहरुका गुरु तथा सौर्दयशास्त्री मोहन वैद्य (किरण)को एउटा फोटो सामाजिक सन्जालमा सार्वजनिक भएको छ ।

सरल र सादा जीवन बिताईरहेका र अहिलेसम्म लाभको अवसर उपभोग नगरेका नेता वैद्यको पार्लरमा थेडिङ गरिरहेको अवस्थाको फोटो सार्वजनिक भएपछि वैद्य सामाजिक सन्जालभरी भाइरल बनेका छन् ।

आखिरमा यो फोटो कहाँ खिचिएको हो ? र कसरी सार्वजनिक भयो भन्ने बारेमा केही बताईएको त छैन, तर उनको फोटो सामाजिक सन्जालमा सार्वजनिक भएपछि अनेक खालको टिप्पणी आउन थालेको छ ।

यो फोटो सार्वजनिक भएपछि प्रतिक्रिया दिनेहरु धेरै जसोले आफुले अपेक्षा नगरेको फोटो भन्दै टिप्पणी गरेका छन् । कतिपयले टेलिभिजनमा अन्र्तवार्तामा जाँदा टेलिभिजनवालाले सामान्य फेसवास गराएको भन्ने टिप्पणी पनि उत्तिकै आएका छन् । तर यसको वास्तविकता के हो ? सार्वजनिक पक्कै होला नैं !

प्रतिक्रिया दिनुहोस