किन अनुपस्थित भए प्रवक्ता श्रेष्ठ पार्टी बैठकमा ?

सफल खबर संवाददाता

आइतबार, ०८ असार २०७६, ०७ : २७
किन अनुपस्थित भए प्रवक्ता  श्रेष्ठ पार्टी बैठकमा ?

काठमाडौं । नेकपा सचिवालय बैठकमा प्रष्ट र सिधा धारणा राख्दै आएका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) शनिबारको सचिवालय बैठकमा अनुपस्थित रहे । सञ्चारमाध्यमहरुलाई सहज सूचनाको पहुँच दिँदै आएका प्रवक्ता श्रेष्ठ अनुपस्थित भएपछि धेरैलाई लाग्यो, – प्रवक्ता श्रेष्ठ बैठकमा किन अनुपस्थित भए ? अझ उनी आफैले राजनीतिक प्रतिवेदन प्रकाशनमा धेरै लामो समय देखि माग गर्दै आएको विषयमा छलफल हुने बैठकमा उनी किन उपस्थित भएनन् ? भन्ने विषयमा सञ्चारकर्मीहरु वालुवाटारमा चर्चा गरिरहेका थिए ।

जेठ २३ मा स्थगन भएको सचिवालय बैठक १६ दिनपछि शनिवार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको थियो । केही सञ्चारकर्मीले प्रवक्ता श्रेष्ठलाई बैठकमा नदेखेपछि फोन सम्र्पकको प्रयास पनि गरे । तर उनको फोन उठीरहेको थिएन । धेरैलाई लाग्यो, – उनी कतै पछिल्ला सचिवालय वैठक बस्ने, तर नेताहरुका आ आफ्नै हठका कारण निर्णयमा पुग्न नसकिने बैठकमा उही नियति दोहोरिने बुझेरै सहभागी नभएका हुन् की !

तर विषय त्यस्तो होइन रहेछ, उनी आफ्नै गृहजिल्लामा पार्टी कार्यक्रममा सहभागि हुन पुगेका रहेछन् । शुक्रवार चिनवनमा पूर्व शिक्षामन्त्रीको श्रद्धान्जली सभामा सहभागी हुन पुगेका श्रेष्ठ शनिबार भने गोरखाको सिरानचोक २ थालाजुङको कार्यक्रममा देखिए । डा. वावुराम भटटराईसँग गोरखा २ बाट गत प्रतिनिधीसभामा पराजित भएका श्रेष्ठ अहिले हरेक हप्ता जसो नै गोरखा पुग्ने गरेका छन् । आन्तरिक संगठन मजबुत बनाउने र त्यस क्षेत्रका जनतासँगको निरन्तर सम्वादका लागि श्रेष्ठ अहिले बढी नै गोरखा धाउन थालेका छन् । शनिबार मात्रै पनि उनले डा.भटटराईले नेतृत्व गरेको पूर्व नयाँ शक्ति हाल (समाजवादी पार्टी नेपाल)का सिंगो वडा समिति र काग्रेसका केही गाउस्तरीय नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका थिए ।

सिरानचोक २ थालाजुङ गोरखामा शनिवार आयोजित एक कार्यक्रमका बीच श्रेष्ठले अन्य पार्टीका नेता कार्यकर्ता नेकपामा प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस