प्रधानमन्त्री ओलीको ट्विटलाई भारतीय प्रधानमन्त्री मोदीले नेपाली भाषामै गरे मेन्सन

सफल खबर संवाददाता

शुक्रबार, ०६ असार २०७६, १६ : ५८
प्रधानमन्त्री ओलीको ट्विटलाई भारतीय प्रधानमन्त्री मोदीले नेपाली भाषामै गरे मेन्सन

काठमाडौं । विश्व योग दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ट्विटलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मेन्सन गर्दै नेपालीमै धन्यवाद ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै योग दिवसको शुभकामना दिएका थिए । साथै उनले प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत् मन वचन र कर्मले एकै स्थानमा रही जीवनलाई स्वस्थ बनाउने सफलता मिलोस् भनेका छन् ।

प्रम ओलीको ट्विटलाई मेन्सन गर्दै भारतीय प्रधानमन्त्री मोदीले धन्यवाद दिए । 'योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु,' नेपाली भाषामै मोदीले ट्विट गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीकै प्रस्तावमा संयुक्त राष्ट्रसंघले आजको दिन अर्थात् जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाउन स्वीकार गरेको थियो। मोदीकै पहलमा राष्ट्रसंघले स्विकार गरेकाले पनि प्रधानमन्त्री ओलीको ट्विटलाई मोदीले उत्साहित हुँदै मेन्सन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस