प्रचण्डप्रति विप्लवको कडा टिप्पणी

सफल खबर संवाददाता

बुधबार, ०४ असार २०७६, ०७ : ४५
प्रचण्डप्रति विप्लवको कडा टिप्पणी

काठमाडौं । प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले  नेकपा अध्यक्ष प्रचण्डलाई बाँदर राजाजस्तो झुल्किएर उल्काजस्तो बिलाएको कडा टिप्पणी गरेका छन् ।

क्रान्तिको नक्कल आफुले गरेको नभई प्रचण्डले गरेका कारण उनी छिटै नै बिलाउने अवस्थामा पुगेको आरोप लगाएका छन् । भूमिगत अवस्थामा रहेका विप्लवले एक अनलाईनलाई दिएको पछिल्लो अन्तवार्तामा त्यस्तो आरोप लगाएका हुन् ।

नेकपा अध्यक्ष प्रचण्डले अब कोही कसैको क्रान्तिको नक्कल गरेर क्रान्ति अब सम्भव नहुने बताएको प्रसंगमा पत्रकारले सोधेको प्रश्नमा विप्लवले त्यस्तो टिप्पणी गरेका हुन्  । उनले अन्र्तवर्तामा भने,–‘प्रचण्ड केही समय बाँदर राजाजस्तो झुल्किएर र उल्काजस्तो बिलाए । उनले हो क्रान्तिकारी वर्ग र बलिदानको आडमा क्रान्तिको नक्कल गरेको तर वैज्ञानिक समाजवादको मार्ग यस्तो कसी हो, जसले नक्कलीहरुलाई वर्षाको भेलले छाल लगाइदिए जस्तो लगाइदिन्छ । उनी हो नक्कलबाट नायक बन्न खोज्दा समाप्त भएको । हामी वैज्ञानिक समाजवाद—साम्यवादको आदर्शमा समर्पित छौं र यो सफल भइछाड्ने छ ।’

विप्लवले अहिले देशको सत्ता रातारात टुप्पोबाट पलाएर आएको दलला पुजिपतिको हातमा रहेको पनि टिप्पणी गरे । ‘देशको सत्ता रातारात टुप्पाबाट पलाएको दलाल पूँजीपतिवर्गको हातमा छ । सरकार कथित कम्युनिस्टको सामाजिक दलाल पूँजीवादी पार्टीको छ ।’ विप्लवले अन्र्तवार्तामा भनेका छन्, –‘यसले देशप्रति घात गर्दै जनताप्रति घात गर्दै जनताको जीवन थेग्न नसक्ने गरी भ्रष्टाचार, तस्करी, महङ्गी, असुरक्षा, मानव तस्करी, गुलामी बढाइरहेको छ । त्यसको विरोध गर्दा हाम्रो पार्टीमाथि प्रतिबन्ध थोपरिएको छ । त्यस्तै सबैमाथि फासिवादी दमन भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस