प्रधानमन्त्री ओली एक साता लामो विदेश भ्रमण सकाएर स्वदेश फिर्ता

सफल खबर संवाददाता

आइतबार, ०१ असार २०७६, १० : ४२
प्रधानमन्त्री ओली एक साता लामो विदेश भ्रमण सकाएर स्वदेश फिर्ता

काठमाडौं । युरोप भ्रमणका लागि गत जेठ २५ गते युरोप प्रस्थान गरेका  प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।
एक साता लामो  विदेश भ्रमण सकाएर ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन् । ओलीसहितको टोलीलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका छन् ।
ओलीले आफ्नो भ्रमणबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै छन् ।

प्रतिक्रिया दिनुहोस