पार्टी महाधिवशेन सार्ने देउवाको रणनीति

सभापति शेरबहादुर देउवा नै सहभागी कार्यक्रम वरिष्ठ नेताहरुद्धारै बहिष्कार

सफल खबर संवाददाता

आइतबार, ०१ असार २०७६, ०७ : ४७
पार्टी महाधिवशेन सार्ने देउवाको रणनीति

काठमाडौं । काग्रेसमा पार्टी महाधिवेशनलाई लिएर सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरबीच विवाद देखिन थालेको छ । पार्टी विधानको ब्यवस्था अनुसार आगामी फागुनमा काग्रेसले पार्टीको १४ औं महाधिवेशन गर्नुपर्ने हुन्छ । तर सभापति देउवाले आफनो कार्यकाल थप गर्नका लागि महाधिवेशन लम्बाउन चाहेको भन्दै पौडेल पक्षधर नेताहरुले आपत्ति जनाउन थालेका छन् ।

सभापति देउवाले भने महाधिवेशन ६ महिना ढिलो गर्ने गरी तयारी अगाडी बढाएपछि काग्रेसमा नयाँ विवाद देखिन थालेको हो । देउवाले पहिले देखि नै महाधिवेशन सार्ने गरी र आफनो कार्यकाल लम्बाउने गरी योजना बनाएको र अहिले त्यही गर्न खोजेको आरोप वरिष्ठ नेता पौडेल पक्षधर नेताहरुले लगाउन थालेका छन् । नेता पौडेलले फागुन ७ गतेको प्रजतान्त्र दिवसको अवसर पारेर महाधिवेशन गर्ने गरी मिति तोक्न सभापति देउवालाई ६ महिना अगाडी देखि नै दबाव बढाउँदै आएका थिए । तर पौडेलको त्यस्तो दबावलाई सभापति देउवाले टेरेका छैनन । पार्टी विधानको दफा ४७ मा असाधारण स्थिती भएमा सभापतिले आप्mनो कार्यकाल एक वर्ष थप गर्न पाउने ब्यवस्था काग्रेसको विधानमा छ । त्यस्तै विशेष परिस्थिती भए थप ६ महिना समय बढाउन पाउने ब्यवस्था पनि विधानमा छ ।

त्यही दफाको सुविधा प्रयोग गदै सभापति देउवाले आफनो कार्यकाल लम्बाउन चाहेका छन् । देउवाले अहिलेसम्म महाधिवेशन मितिका विषयमा पार्टीभित्र छलफल समेत नगरेको र वेवास्ता गदै हिडेपछि आयु लम्बाउन नै चाहेको प्रष्ट देखिएको काग्रेस नेताहरु बताउँछन । तर उनले कति अवधीका लागि समय थप गर्न खोजेका छन भन्नेमा भने अन्यौलता नै छ । सभापतिले ढेड वर्ष नै आयु लम्बाउन खोजेको हो की भन्ने आशंका देउवा इतर पक्षले गरेका छन् । तर देउवा पक्षिय नेता प्रकाशशरण महतले भने बढीमा ५, ७ महिना महाधिवशेन निर्धारित समय भन्दा दायाँवायाँ हुन सक्ने बताए ।

‘धेरै समय यताउता हुदैन ,५, ७ महिना यताउता हुन सक्छ,’ महतले भने । संघीय संरचना अनुसारको संरचना समेत अहिलेसम्म काग्रेसले बनाएको छैन । पार्टी विधान त्यो अनुसार बनाएपनि काग्रेसको संरचना त्यस्तो बनेको छैन । सभापति देउवाले आफु निकट ब्यक्तिलाई संघीय संरचना अनुसारको कमिटिमा ल्याउन चाहेपछि त्यस अनुसारको संरचना निर्माणमा पनि काग्रेसभित्र बखेडा जारी नै छ ।

सभापतिको कार्यक्रम दुई हस्तीकै बहिष्कार !

सभापति शेरवहादुर देउवा नुवाकोटको दुबै निर्वाचन क्षेत्रको संयुक्त क्षेत्रीय सम्मेलनका लागि नेता विजय गच्छेदारसहितको दलबल बोकेर शनिवार नुवाकोट पुगे । तर नुवाकोटकै हस्ती दुइृ नेताहरुले उनको कार्यक्रम बहिष्कार गरे ।

आफु निकट नेता डा. प्रकाशसरण महतको योजना अनुसार, आफुहरुसँग परामर्श बिनै कार्यक्रम तय गरेको र आफुहरुलाई निम्तो समेत अन्तिम समयमा दिएको जस्तो मात्र गरेको भन्दै नुवाकोटका हस्ती काग्रेसी नेताहरु अर्जुननरसिंह केसी र डा. रामशरण महतले देउवा पुगेका कार्यक्रम बहिष्कार गरेका हुन् ।

जिल्लाका हस्ती नेताहरुले कार्यक्रम बहिष्कार गरेपछि देउवा पुगेका कार्यक्रम खल्लो हुन पुगेको काग्रेस नेताहरुले नै बताउन थालेका छन् । अझ मञ्चबाटै काग्रेस नुवाकोट सभापति जगदिशनरसिंह् केसीले आवश्यक परामर्श बिनै माथी केन्द्रको योजनामा गुटबन्दीमा कार्यक्रम तय गरिनु खेदजनक रहेको टिप्पणी सार्वजनिक मञ्चबाटै गरेपछि देउवा अप्ठायारोमा परेका थिए ।

‘पार्टीकै वरिष्ठ नेताहरु अर्जुन दाई र रामशरण दाईसँग कार्यक्रमका बारेमा परामर्श गरिएन, जिल्ला सभापति म छु, मै सँग पनि राम्रो छलफल गरिएन,’  जिल्ला सभापति जगदिशनरसिंह केसीले भने,–‘कतिन्जेल केन्द्रले गुटबन्दी चलाउने ? पार्टी सभापति यही हुनुहुन्छ, जिल्ला गुटबन्दी सहँदैन । अर्जुन र रामशरण दाईलाई कार्यक्रममा उपस्थित गराउन नसक्नु गम्भिर कमजोरी भएको छ ।’

केसीले जागरण अभियानमा समेत केन्द्रबाट गुटबन्दी हुन थालेकोले काग्रेसको अभियान प्रभावकारी बन्न नसकेको, महासमितिले निर्देश गरे अनुसारको पार्टी विधानमा तलैबाट चुनिनु पर्ने र आरक्षण कोटामा एक ब्यक्तिले एक पटक मात्र अवसर पाउनु पर्ने ब्यवस्थामा नेतृत्वले खुटटा कमाउन नहुने बताएका थिए ।

जिल्ला सभापति केसीले आफै प्रमुख अतिथि बनेको कार्यक्रममा आफैमाथी गुटबन्दी गरेको आरोप लगाएपछि भने सभापति देउवा मञ्चमा असजिलो गरी यताउता गरी बसिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस