अत्याधिक गर्मीपछि बाराका विद्यालय एक साता बन्द

सफल खबर संवाददाता

आइतबार, ०१ असार २०७६, ०७ : १०
अत्याधिक गर्मीपछि बाराका विद्यालय एक साता बन्द

बारा । बाराका विद्यालयहरु आजदेखि एक साताका लागि बन्द भएको छ । गर्मी अत्यधिक बढेपछि विद्यालय एक साताका लागि बन्द गरिएको हो ।

असार १ गते देखि ६ दिनका लागि जिल्लाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख अशोक रौनियारले बताए । हिजो शनिबार वसेको इकाई कार्यलयको वैठकले जिल्लाका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

विद्यार्थीहरु गर्मीको प्रत्यक्ष मारमा पर्न थालेपछि गर्मी बिदाबाट कट्टा गर्ने गरी विद्यालयहरु ६ दिनका लागि बन्द गर्ने निर्णय गरिएको रौनियारले बताए । तराईका जिल्लाहरुमा अहिले अध्याधिक गर्मीका कारण मानिसहरु आक्रान्त बन्न थालेका छन् । 

प्रतिक्रिया दिनुहोस