भद्रकाली अगाडि राँगाको रगत बगाउने ९ जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, ३२ जेठ २०७६, १९ : २४
भद्रकाली अगाडि राँगाको रगत बगाउने ९ जना पक्राउ

काठमाडौं । काठमाडौंको भद्रकालीमा प्रदर्शनको क्रममा राँगाको रगत बगाउने ९ जना पक्राउ परेका छन् ।

मोहन शमशेर राणा नेतृत्वको हिन्दुराष्ट्र स्वयंमसेवक दलले निकालेको जुलुसको क्रममा प्रदर्शनकारीले ९ वटा  ड्रममा बोकेका राँगाको रगत धमाधम पोख्न थालेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

रगत पोख्ने कार्यमा संलग्न राणासहित ९ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले  पुष्टि गरे । पक्राउ परेकाहरुलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने माग गर्दै हिन्दुराष्ट्र स्वयंमसेवक दलले सो प्रदर्शन गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस