सुत्केरीको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा तनाव

सफल खबर संवाददाता

शनिबार, ३२ जेठ २०७६, १३ : २६
सुत्केरीको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा तनाव

डडेलधुरा । सुत्केरीको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा तनाव उत्पन्न भएको छ । अप्रेसन गरेर शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडा गाउँका धर्मराज ताम्राकारकी २६ वर्षीया श्रीमती गीताको १४ दिनपछि शुक्रबार (जेठ ३१ गते) मृत्यु भएको हो । 

अस्पतालको लापरबाहीले गीताको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले डडेलधुरा अस्पताल र जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका छन । आक्रोसित आफन्तले शनिबार बिहान जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरेका छन । उपचारका नाममा ज्यान लिन पाइदैन, हत्यारालाई कार्वाही गर लगायतका नारा लगाउँदै महिलाहरुले प्रशासन घेराउ गरेका हुन । त्यस्तै पुरुषले सदरमुकाम तुफानडाँडा चोकमा टायर बाली सडक समेत अवरुद्ध गरेका छन बिहान १० बजेदेखि मृतकका आफन्तले सडक अवरुद्ध पारेका छन ।

मृतक गिताका श्रीमान स्वास्थ्यकर्मी हनु उनी नेपाल सरकारको अहेब पदमा अछाम जिल्लामा कार्यरत छन । बिहीबार छोरा भएको १४ दिन पुगेपछि रगत बग्न थालेकाले उनी अस्पताल पुगेका थिए । अस्पतालका चिकित्सकले ४०–४६ दिनसम्म सामान्यतया रगत बग्ने भएकाले नआत्तिन सल्लाह दिएको उनका आफन्त बताउँछन । शुक्रबार बढि नै रगत बगेपछि उनले श्रीमती गितालाई अस्पताल पु¥याएका थिए । तर, उनलाई अस्पतालले बचाउन सकेन । अप्रेसनमै लापरबाही गरेको र समस्या बल्झिँदै जाँदा पनि रेफर नगरेर त्यही राखेको आफन्तको दाबी छ । आफन्तले दोषी चिकित्सकमाथि कारबाही, शिशुको जीवनरक्षा र उचित क्षतिपूर्तिको माग राखेर आन्दोलन गरेका छन् । 

तर, अस्पतालले भने आफन्तको दाबी गलत भएको बताएको छ । गीतालाई १२ पिन्ट पउण्ड रगत दिएर रेफर गरिसकेको अवस्थामा उनको ज्यान गएकाले अस्पतालको लापरवाही भन्नु उचित नभएको अस्पताल प्रशासनको दाबी छ । रगतको जोहो गरी शुक्रबार उनको उपचार गरिएको अस्पताल श्रोतको भनाई छ । ‘गितालाई १२ पिन्ट ९१ पिन्ट बराबर तिन सय ५० एमएल हुन्छ ।’ अस्पताल श्रोत भन्छ । उनलाई चार हजार दुई सय एमएल अर्थात सवा चार लिटर रगत दिइएको थियो जुन स्वास्थ्यलाई पर्याप्त हो । तर पछि उनको मृत्यु भयो जुन यो सोच्न नै नसकिने घटना भएको अस्पतालले जनाएको छ । उनको अवस्था नाजुक भएपछि अस्पतालका मेसुले हेलिकप्टरका लागि बारम्बर प्रयास गरेको बताइएको छ । तर हेलिकम्प्टर उपलब्ध हुन नसक्दा चाँडै रेफर गर्न नसकिएको अस्पतालले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस