पूर्व शिक्षामन्त्री डीआर पौडेलको अन्त्यष्टि

सफल खबर संवाददाता

शुक्रबार, ३१ जेठ २०७६, १८ : ११
पूर्व शिक्षामन्त्री डीआर पौडेलको अन्त्यष्टि

चितवन । हृदयघातका कारण आज विहान असमायीक निधन भएका पुर्व शिक्षामन्त्री एवंम नेकपा नेता धनिराम (डिआर) पौडेलको अन्त्यष्टि गरीएको छ । चितवनको माडी नगरपालिका ५ स्थित मगोई खोलामा शुक्रबार अपरान्ह अन्त्यष्टी गरिएको हो । 

यसअघि नेकपाका अध्यक्ष एवंम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरीराज मणी पोख्रेल, नेकपा नेताहरु बामदेव गौतम, प्रवक्ता नारायकाजी श्रेष्ठ ‘प्रकाश’, देव गुरुङ, अमिक शेरचन लगायतका नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका थिए । 

यस्तै प्रदेश, जिल्ला तथा स्थानीय नेता कार्यकता साथै सवैसाधारणले पनि श्रद्धाञ्जली दिएका थिए । अन्त्यष्टी गर्नुपूर्व बसन्तपुर बजारमा निकालिएको शव यात्रामा नेता, कार्यकर्ता तथा हजारौँ सर्वसाधारणको सहभागिता रहेको थियो । 
पौडेलको आफ्नै निवास चितवनको माडी नगरपालिका ३ बसन्तपुर रमाइलो डाँडामा ५३ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।  घरमा शुक्रवार (आज) विहान ६ : ४५ बजेको समयमा हृदयघात भएपछि स्थानीय वगौडा अस्पतालमा लैजाँदै गर्दा करिव ७ बजेतिर बाटैमा निधन भएको नेकपा प्रदेश ३ का सदस्य ओमनाथ पाण्डेले जानकारी दिए । 

पौडेल तत्कालिन माओवादी केन्द्रका तर्फबाट हाल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रहेका थिए । २०२३ साल कार्तिक ४ गत्ते जन्मिएका पौडेलका श्रीमती, बुबा आमा र २ छोरी रहेका छन । 
 

प्रतिक्रिया दिनुहोस