हार्दिक श्रद्धाञ्जली

धनीराम पौडेलको यस्तो थियो विद्यार्थी आन्दोलनदेखि शिक्षामन्त्रीसम्मको रामकहानी !

सफल खबर संवाददाता

शुक्रबार, ३१ जेठ २०७६, १३ : २७
धनीराम पौडेलको यस्तो थियो विद्यार्थी आन्दोलनदेखि शिक्षामन्त्रीसम्मको रामकहानी !

चितवन । पूर्व शिक्षामन्त्रीसम्म बनेका धनीराम पौडेलको आज बिहान भएको निधनसँगै उनको गृहनगर चितवन शोकमा डुबेको छ । करेसाबारीमा काम गर्दागर्दै हृदयघातका कारण निधन भएको पौडेलको  निधनले सिंगो देशलाई नै अपुरणीय क्षति भएको महसुस भएको छ । 

बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट वि सं २०२२ कार्तिक ४ गते तत्कालीन दरौ गाविस, कुन्चेवारी, स्याङ्जामा जन्मिनु भएका पौडेल २०३७ सालदेखि वामपन्थी विद्यार्र्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहनुभएको थियो । 

मोहनविक्रम सिंह र निर्मल लामाहरुले नेतृत्व गरेको नेकपा चौथो महाधिवेशनको बिद्यार्थी संगठनको कार्यकर्ताबाट राजनीति सुरु गर्नु भएका पौडेल २०३९ सालमा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, २०४१ मा केन्द्रीय सदस्य हुँदै २०५१ मा तात्कालिन नेकपा एकता केन्द्र विभाजन पछि अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय संयोजक समेत चुनिनु भएको थियो ।

मोहनबिक्रम सिंह र निर्मल लामाले नेतृत्व गरेको नेकपा चौथो महाधिवेशनको बिद्यार्थी संगठनको कार्यकर्ता हुँदै राजनीति सुरु गरेका उनी उनी २०३९ मा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य बन्नुभएको थियो ।

२०४१ मा उनलाई विद्यार्थी संगठनको केन्द्रीय सदस्य भए। २०५१ मा तात्कालिन नेकपा ९एकताकेन्द्र० विभाजन आएपछि उनले अनेरास्ववियु ९क्रान्तिकारी० को केन्द्रीय संयोजकको जिम्मेवारी पाउनुभएको थियो । २०४२ सालमा नेकपा चौमको सदस्यता लिनु भएका उहाँ २०४४ सालमा पार्टीको चितवन जिल्ला सदस्य हुनुभएको थियो । २०४७ सालमा माडीको सितलपुरमा भएको एकता महाधिवेशनका प्रतिनिधिसमेत रहनु भएका उहाँ अखिल नेपाल जनवादी युवा लिगका संस्थापक केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो । 

२०५१ को पार्टी विभाजनपछि निर्मल लामा र नारायणकाजी श्रेष्ठलाई साथ दिनुभएका उहाँले त्यस यता लगातार पार्टीको केन्द्रीय समितिमा रहँदै आउनु भएको थियो । विगतमा लामो समय उहाँले पार्टीको वैचारिक मुखपत्र जनएकता साप्ताहिकको सम्पादक भई पत्रकारिता समेत गर्नुभएको थियो । 

तत्कानीन नेकपा एकताकेन्द्र मसाल र तात्कालीन नेकपा माओवादीसँग एकीकरण भएपछि बनेको एकीकृत नेकपा माओवादीको केन्द्रीय सदस्य भएर र पछि पोलिट्व्युरो सदस्य भएर निरन्तर क्रियाशील रहनु भएका उहाँले पार्टी संगठनमा पूर्व, मध्य र पश्चिम नेपालमा काम गरेको अनुभव संगाल्दै दोस्रो संविधानसभामा सभासद र शिक्षामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयवाट स्नातक, शहीद स्मृति क्याम्पस चितवनबाट आइए र माडी माविबाट एसएलसी गर्नुभएका स्व पौडेलले माडीका अर्का दिवंगत क्रान्तिकारी नेता दिवाकर भुषाललाई आफ्नो राजनीतिक गुरु ठान्दै सादा र सरल जीवनशैली अपनाउँदै आउनुभएको थियो । पौडेलले भूषालले लिएको राजनीतिक मार्गमात्र होइन, जीवनशैलीपनि त्यस्तै अपनाएका थिए। राजनीतिक कार्यकर्ताहरुमा पाइने विरल सादापन पौडेलमा पनि थियो।

०६५ मा तत्कालिन नेकपा माओवादी र नेकपा एकता केन्द्र मसालबीच एकीकरण भई एकीकृत नेकपा माओवादी बनेपछि उनी पार्टीको केन्द्रीय सदस्य भए भने केही समयपछि पोलिट्व्युरो सदस्यमा पदोन्नत भए। पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी सम्हाल्न पनि उनी हिच्किचाउँदैनथे। पार्टी एकता भई एमाओवादी बनेपछि उनी कर्णाली क्षेत्रको पार्टी संगठन विस्तारमा खटिएका थिए। पार्टी संगठनमा पुर्व, मध्य र पश्चिम नेपालमा काम गरेको अनुभव उनीसँग थियो।

त्यही कारण दोस्रो संविधानसभामा उनी संविधान सभाको सदस्य बने भने प्रचण्डको दोस्रो प्रधानमन्त्रित्वकालमा शिक्षामन्त्रीको जिम्मेवारी पाए। ‘लो–प्रोफाइल’ राजनीतिक कार्यकर्ता भएपनि यो ‘हाइप्रोफाइल’ मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे।
 

प्रतिक्रिया दिनुहोस