गुठी विधेयकको पक्षमा आन्दोलन

सफल खबर संवाददाता

विहीबार, ३० जेठ २०७६, २२ : ०४
गुठी विधेयकको पक्षमा आन्दोलन

काठमाडौँ । सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ जस्ताको त्यस्तै पास गर्न भन्दै घोराहीमा आन्दोलन भएको छ ।
 
सरकारले भूमिहीन, किसान, सुकुम्बासी र गुठीपीडितका पक्षमा विधेयक ल्याएको भन्दै यहाँको स्वर्गद्वारी गुठीपीडित सङ्र्घष समिति र जिल्ला भूमि अधिकार मञ्चले संयुक्तरुपमा दबाबमूलक ¥याली एवं सभा गरेको हो  । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं ५ का सचेतक शान्ता चौधरीले भूमिहीन, सुकुम्बासी, श्रम गर्ने किसानका पक्षमा विधेयक ल्याएको प्रष्ट पार्नुभयो । उहाँले सरकारले चालेको कदमलाई वर्षांैदेखि बासका लागि सङ्र्घष गरिरहेका किसानलाई साथ दिनको लागि आग्रह गर्नुभयो ।
 
यस्तै कार्यक्रममा प्रतिनिधिसभा सदस्य गङ्गा चौधरीले खेतबारी जोतेर खुट्टामा ठेला उठाएकाको पेटमा लात हान्ने काम गर्न नहुने बताउनुभयो । विरोधसभामा जिल्लाका स्वर्गद्वारी, चौघेरा गुठी एवं विभिन्न विद्यालय, क्याम्पसका सरकारी जग्गा भोगचलन गर्दै आइरहेको किसान एवं भूमिहीन सुकुम्बासी सहभागी भएका थिए । उनीहरुले किसानका पक्षमा आएको विधेयकले विरोध गर्ने, पास हुन नदिएर बाधा अड्चनको काम गरिरहेको भन्दै चिन्ता व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस