नाइजेरियामा भयानक सडक दुर्घटना

एजेन्सी

आइतबार, २६ जेठ २०७६, १८ : २७
नाइजेरियामा भयानक सडक दुर्घटना

लेगोस । नाइजेरियाको दक्षिणपश्चिम ओन्डो राज्यमा शनिबार भएको भिषण सवारी दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
राज्यका प्रहरी प्रवक्ता फेमी जोसेफले राजधानी अबुजातर्फ आइरहेको बस दुर्घटनाग्रस्त भएको जानकारी दिनुभयो । विपरीत दिशाबाट आइरहेको सामान बोक्ने लरीसँग यात्रुबाहक बस जुधेको थियो ।
उक्त दुर्घटनापछि बसमा आगलागी समेत भएको थियो । आगोकै कारण बसमा सवार सबैको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ ।
नाइजेरियामा यस्ता भयानक सडक दुर्घटना बेलाबखत हुने गरेका छन् । सडकको अवस्थामा रहेको कमजोरी र जथाभावी सवारी चलाउने गर्दा सडक दुर्घटना बढ्दै गएका छन् ।
एक प्रहरी अधिकारीले नाइजेरियामा हरेक महिना १०० भन्दा बढी व्यक्तिको दुर्घटनाका कारण मृत्यु हुने गरेको जानकारी दिनुभयो ।   (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस