अमेरिकामा हवाई जहाज दुर्घटना हुँदा दुई जनाको मृत्यु

एजेन्सी

आइतबार, २६ जेठ २०७६, १३ : ३१
अमेरिकामा हवाई जहाज दुर्घटना हुँदा दुई जनाको मृत्यु

न्यूयोर्क । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित लङ आइल्यान्डमा एउटा सानो हवाई जहाज दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
म्याकआर्थर विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ बजे उडेको बीचक्राफ्ट ए३६ विमान साउथहोल्डमा करिब ९ बजेर १५ मिनेटमा दुर्घटनाग्रस्त भएको संघीय नागरिक उड्डयन कार्यालयले बताएको छ । 
विमानमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्जिनमा समस्या भएका कारण विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अध्ययनमा देखिएको छ । थप अनुसन्धान जारी छ । (रासस/सिन्ह्वा) 

प्रतिक्रिया दिनुहोस