काठमाडौं । प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पार्टीका संगठनिक संरचनामा केही गोप्य हेरफेर गरेको छ । पार्टी नेताहरु पक्राउ पर्ने, गोप्य सूचना चुहिने लगायत समस्या देखिएपछि उसको केही समय अगाडी बसेको उपलब्ध पोलिटब्यूरोको वैठकले संगठनात्मक संरचनामा केही हेरफेर गरेको हो ।
कमाण्ड संरचनामै पनि उसले हेरफेर गरेको छ । मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश बली (सुर्दशन)को पक्राउपछि रिक्त रहेको उक्त कमाण्ड सहितका अन्य केही नेता–कार्यकर्ताको जिम्मेवारीमा फेरबदल गरिएको स्रोतले बतायो ।
नेकपाले भूगोलका ७७ जिल्लालाई १६ ओटा ब्यूरो र चार कमाण्डमा विभाजन गरेको छ । जसअन्र्तगत धर्मेन्द्र वास्तोलाको जिम्मेवारी यथावत राखिएको छ भने अन्य कमाण्डको नेतृत्व हेरफेर गरिएको छ ।
पूर्वमा यस अगाडी इन्चार्ज रहेका अनिल शर्मा विरही हटाईएको छन् । उनको ठाउँमा विप्ल्वको पार्टीले बनाएका जनसरकार प्रमुख सन्तोष वुढामगर (विषम) लाई कमाण्ड इन्चार्जको जिम्मा दिइएको छ । वुढा नेकपाको ५ सदस्यीय सचिवालयका एक सदस्य पनि हुन् । सचिवालयमा विप्लव, सन्तोष सहित धर्मेन्द्र वास्तोला, खडकवहादुर विश्वकर्मा (प्रकाण्ड) र जेलमा रहेका हेमन्तप्रकाश वली (सुर्दशन) छन् ।
मध्यकमाण्ड केन्द्रीय कार्यालयले नै हेर्ने तर त्यसका लागि पनि सम्र्पक ब्यक्ति भने चयन गर्ने निर्णय पोलिटब्यूरो वैठकले गरेको छ । ‘केन्द्रीय कार्यालयले नै हेर्ने भनेपनि सम्र्पक ब्यीक्तका रुपमा खडकवहादुर विश्वकर्मा (प्रकाण्ड)लाई जिम्मा दिईएको छ,’ विप्लवका एक केन्द्रीय सदस्यले सफल खवरलाई वताए ।
गण्डक र धौलागिरी लगायत पश्चिमका क्षेत्रलाइृ हेर्ने गरी विप्ल्वले अर्काे एउटा कमाण्ड वनाएका छन् । त्यो कमाण्डको जिम्मा भने विप्लवकै दाजु चन्द्रवहादुर चन्द (विरजंग)ले जिम्मा पाएका छन् । पश्चिम कमाण्डको जिम्मा भने धर्मेन्द्र वास्तोलाले नै पाएका छन् । यस अगाडी विप्लवका दाजु विरजंग लुम्विनी ब्यूरो इन्चार्ज थिए । अव उनले लुम्विनी र गण्डक ब्यूरोलाई कमाण्डवाट नेतृत्व गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ जेठ २०७६, ०८ : ०६
लेखकबाट थप