पूर्वमन्त्री पदम राई नेकपा प्रवेश गदै

पक्राउ पछि गुपचुप छोडिएका राई दुवै अध्यक्षको उपस्थितीमा आज नेकपा प्रवेश गर्न लागेका हुन्

सफल खबर संवाददाता

आइतबार, १९ जेठ २०७६, ०७ : ४४
पूर्वमन्त्री पदम राई नेकपा प्रवेश गदै

काठमाडौं । पूर्वमन्त्री पदम राई सत्तारुढ दल नेकपा प्रवेश गर्ने भएका छन् । उनलाई आज विहान नेकपाले पार्टी कार्यालय धुम्वराहीमा एक कार्यक्रमको आयोजना गरी पार्टी प्रवेश गराउन लागेका हुन् ।

पार्टी अध्यक्षद्दय प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउन लागेका हुन् । त्यसका लागि अहिले विहान १० वजे पार्टी कार्यालयमा नेकपाले पार्टी प्रवेश कार्यक्रम आयोजना गरेका छन् ।

राई २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्वर १ वाट प्रत्यक्ष निर्वाचित सभासद थिए । त्यसपछि उनी केही समय आवास तथा भौतिक योजना राज्यमन्त्री समेत भएका थिए ।

माओवादी विभाजन पछि मोहन वैद्य (किरण) नेतृत्वको तत्कालिन नेकपा –माओवादी हुँदै नेत्रविक्रम चन्द विप्लव तिर लागेका थिए । पूर्वमा राईको प्रभाव रहेका कारण उनलाइृ विप्लवले पार्टीमा लैजान त्यसवेला राईको ऋण तिरेरे लगेको चर्चा विप्लवको पार्टीमा हुने गरेको थियो ।


विप्लवको पार्टीका पोलिटब्यूरो सदस्य रहेका राई केही समय अगाडी मात्रै आश्चर्यजनक रुपमा काठमाडौंवाट पक्राउ परेका थिए । तर पक्राउ अहिलेसम्म पनि
गुपचुप राखिएको छ । उनी पक्राउ परकै दिन गृहमन्त्री रामवहादुर थापाको निर्देशनमा रिहा भएका थिए ।

त्यसवेला उनले गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी (पथिक) सँग सम्वाद गरेपछि सरकारले उनलाई पक्राउ परेकै दिन गुपचुप रिहा गरिदिएको थियो । राईले पार्टीभित्र वार्ताका लागि प्रेसर वढाउने र त्यसका लागि आफुले भूमिका खेल्ने र केही समय आफुलाई समय दिन माग गरेपछि उनलाई त्यही आधारमा गुपचुप रिहा गरिएको सुरक्षा स्रोत वताउँछ ।

त्यसो गर्दा पनि वार्ताको वातावरण विप्ल्वको पार्टीमा वनाउन नसकिए पार्टी प्रवेशका लागि तयार रहेको तर त्यसका लागि केही समय माग गरेपछि उनलाई त्यो समय दिदै सरकारले पक्राउ परेकै दिन छोडिएको थियो । त्यसपछि राईले केही सञ्चारमाध्यममा सरकार र विद्रोही विप्लव दुवै पक्षलाई वार्तामा आउन आग्रह गदै वार्तावाट मात्र समस्याको समाधान हुने गरी सार्वजनिक अभिब्यक्ति दिएका थिए ।

राईले वार्ताका लागि पार्टीभित्र दुई धार देखिएको र आफुहरुले वार्ताको लागि विप्लवलाई आग्रह गरिरहेको सार्वजनिक अभिब्यक्ति दिएपछि उनलाई विप्लवले झण्डै एक महिना अगाडी पार्टीवाट निलम्वन गरेका थिए  । पार्टी हित विपरित अभिब्यक्ति दिएको आरोपमा उनी निलम्वनमा परेका थिए  ।


 तत्कालिन माओवादीमा उनी किराँत राष्टिय मुक्ति मोर्चाका अध्यक्ष समेत भएका थिए । उनी विप्लव तिर लाग्दा भोजपुर, खोटाड र संखुवासभावाट ठूलो समुहका नेता कार्यक्र्ता विप्लवसागै लागेका थिए । उनले पार्टी प्रवेश कार्यक्रममा ति नेता कार्यकर्तालाई पनि सत्तारुढ नेकपामा ल्याउने तयारी गरेका छन् । गत प्रतिनिधीसभा तथा प्रदेश सभा चुनावका वेला भोजपुरवाट चुनाव लडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईमाथी बम हमला गरेको आरोप उनीमाथी थियो । सोही मुद्दामा केही पहिले पक्राउ परेका उनी ६० हजार रुपैया धरौटी वुझाएर रिहा भएका पनि थिए । उनलाई माओवादी नेता कार्यकर्ताले विकास नामले वढी चिन्ने गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस