नेपालको क्रिकेट प्रशिक्षकमा पटवाल, कति खान्छन तलब ?

सफल खबर संवाददाता

शुक्रबार, १७ जेठ २०७६, १४ : ५८
नेपालको क्रिकेट प्रशिक्षकमा पटवाल, कति खान्छन तलब ?

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिक्रेट टोलीका मुख्य प्रशिक्षकमा भारतका पूर्वक्रिक्रेटर उमेश पटवाल नियुक्त हुनुभएको छ । 
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मुख्य प्रशिक्षकको रूपमा पटवाललाई शुक्रबार नियुक्त गरेको राखेपका रोहित दाहालले जानकारी दिनुभयो ।

यसअघि उनी क्वालिफायर्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग ब्याटिङ प्रशिक्षक थिए। उनीसँग अफगानिस्तानको क्रिकेट टोलीको प्रशिक्षक बनेको अनुभव पनि छ।

उनलाई मासिक सात हजार अमेरिकी डलर पारिश्रमिक दिने बताइएको छ। नेपाली राष्ट्रिय टोलीका प्रशिक्षकलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले तलब दिनेछ।

४६ वर्षका पटवाल गएको माघमा नेपाली क्रिकेट टिमले युएईमा एकदिवसीय र टी २० सिरिज खेल्दा ब्याटिङ कन्सल्ट्यान्टका रुपमा रहेका थिए । त्यसअघि २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगिताका बेला पनि आईसीसीले ब्याटिङ कन्सल्ट्यान्टका रुपमा उनलाई पठाएको थियो ।

नेपाली क्रिकेटलाई नजिकबाट नियालेका पटवालले पहिलो पोखरा प्रिमियर लिग पीपीएलमा प्रतियोगिताको निर्देशकका रुपमा काम गरेका थिए । यस्तैएभरेस्ट प्रिमियर लिग ईपीएलमा उनी टिम विराटनगर वारियर्सको प्रशिक्षकका रुपमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस