आजबाट तीन फिल्म कप्स, काउसो र कुम्भ करण रिलिज

सफल खबर संवाददाता

शुक्रबार, १७ जेठ २०७६, १२ : ५९
आजबाट तीन फिल्म कप्स, काउसो र कुम्भ करण रिलिज

आज शुक्रवारबाट सम्राट सापकोटा निर्देशित फिल्म ‘कप्स’, मदन घिमिरेको ‘काउसो’ र दीपक ओली निर्देशित फिल्म ‘कुम्भ करण’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका छन् । तीन हप्ता अगाडि प्रदर्शनमा आएको दुई फिल्म ‘जात्रै जात्रा’ र ‘बीर विक्रम २’ को चेपुवामा पर्ने डरले गत हप्ता कुनै नेपाली फिल्म रिलिज भएका थिनन् ।

‘कप्स’
एक्सन तथा लभस्टोरी कथा मिश्रित फिल्म ‘कप्स’मा अनुप विक्रम शाही प्रहरी नायब उपरीक्षकको भूमिकामा देखिएको फिल्म हो । सत्य सेवा सुरक्षणम् नारा बोकेको यो फिल्म अपहरणकारी, भ्रष्टाचारी, गुन्डागर्दी विरुद्धको कथामा केन्द्रित छ ।

सम्राट सापकोटाको निर्देशन रहेको फिल्ममा अनुपको अलवा सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तव, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायत कलाकारको अभिनय छ ।
फिल्म आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त ब्यानरमा निर्माण भएको हो । यो चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् ।

‘काउसो’
अर्नभ फिल्मस् प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्म हो ‘काउसो’ । अभिनेता कमेडी कथावस्तुमा निर्माण भएको फिल्म ‘काउसो’ मा भने एक्सन हिरोको रुपमा आफूलाई स्थापित गरेका सविन श्रेष्ठ प्रमुख भूमिकामा छन् । अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारीलगायतको फिल्ममा अभिनय छ । रामेश्वर हुमागाईँको छायांकन रहेको फिल्मका प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् । भने, निर्माताहरु राजेन्द्र बस्नेत ,सिताराम तिमल्सिना ज्याक र भगवान खत्री हुन् । कार्यकारी निर्माता अन्चिला केसी हुन् ।

‘कुम्भ करण’
आकाश पल इन्टर्टेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘कुम्भ करण’ दीपक वलीले निर्देशन गरेका हुन् । निशा अधिकारी, गौरव पहाडी, भोलाराज सापकोटा, अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदीप अधिकारी, कमल गाउँले, प्रतिभा छेत्री, सुधव थापालगायतको अभिनय फिल्ममा देख्न सकिन्छ । रिच इन्टरटेनर्मेन्टका करण श्रेष्ठले वितरण गरेको फिल्म चित्रबहादुर घर्ती मगर र क्षितिज बस्नेतको निर्माणमा बनेको हो । गिरप्रसाद घर्तीमगर र विजय श्रेठ सहनिर्माता रहेको फिल्मको कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरूण) रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस