किन दिए बामदेवले पार्टी एकता बिथोलिने चेतावनी ?

सफल खबर संवाददाता

शुक्रबार, १७ जेठ २०७६, १२ : २४
किन दिए बामदेवले पार्टी एकता बिथोलिने चेतावनी ?

फाइल फोटो

प्यूठान । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य वामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिने चेतावनी दिएका छन् । 

प्रेस संगठन, प्यूठानले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो हुन्छ, गरिनुपर्छ ।’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक टेलिभिजनको कार्यक्रममा प्रधानमन्त्री ओली र आफूबीच गोप्य पाँच बुँदै सहमतिमा आलोपालो तरिकाले सरकार चलाउनुपर्ने धारणा व्यक्त गरेकै भोलिपल्छ बामेदवले प्यूठान गएर सहमति कार्यान्वयन नभए एकता बिथोलिनेसम्मको चेतावनी दिन भ्याए । 

सरकार सञ्चालनका लागि नेकपाले ५ वर्षको म्यान्डेट पाएकाले अध्यक्षद्वयले आलोपालो सरकार चलाउनु पर्ने कि ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा प्रचण्डले कार्यक्रममार्फत सार्वजनिक गरेपछि नेकपाभित्र यो बहसको विषय बनेको छ ।  

गौतमले प्यूठान गएर प्रचण्डको समर्थनमा यस्तो अभिव्यक्ति दिएपछि यो बहसले नयाँ मोड लिएको छ । नेता गौतमले बजेट जनपक्षीय भएको भन्दै त्यसको बचाउ गरेका छन् । जनपक्षीय बजेटका कारण सरकारको प्रशंसा भैरहेको भन्दै उनले कार्यान्वयन भएरै छाड्ने दाबी पनि गरे ।

स्वरोजगार सिर्जना गर्नका लागि देशमा भएका खानीहरु उत्खनन् गर्नुपर्नेमा गौतमले जोड दिए । सरकारले तत्काल गर्नुपर्ने र दीर्घकालीन गर्नुपर्ने योजनाहरु छुट्टाएर कार्यान्वयनमा अघि बढेको उनले बताए । ‘सिष्टममा केही अफ्ठ्यारा छन्, अब सफ्टवयरमै परिवर्तन गरेर कार्यान्वयन गरिनेछ’, नेता गौतमले भने ।

प्रतिक्रिया दिनुहोस