क्रिकेट रंगशाला निर्माणका लागि सहयोगको ओइरो

सफल खबर संवाददाता

शुक्रबार, १७ जेठ २०७६, ११ : १७
क्रिकेट रंगशाला निर्माणका लागि सहयोगको ओइरो

चितवन । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि सहयोगको ओइरो भएको छ । देश विदेशबाट रंगशाला निर्माणको लागि सहयोग आउने क्रम जारी रहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले
बताए । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर गार्डेन रिसोर्टले एक लाख रुपैयाँ सहयोग गरेको छ । होटलका कर्मचारीले आप्mनो तलबको दुई दिन बराबरको रकम संकलन गरी रंगशाला निर्माणमा सहयोग गरेको हुन् । 
शुक्रबार बिहान होटलका म्यानेजिङ डाइरेक्टर दिलीप मैनालीले एक लाखको चेक धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष कट्टेल धुर्मुस र उपाध्यक्ष सुन्तलीलाई हस्तान्तरण गरेका हुन । 

चेक हस्तान्तरण गर्दै मैलानीले चितवनमा बन्दै गरेको देशकै गौरवको आयोजना सम्पन्न गराउन सबैले आआप्mनो स्थानबाट अपनत्व ग्रहण गर्नुपर्ने भएकाले सकेको सहयोग गरीएको बताए । उनले धेर थोर सवैले सहयोग गर्नुपर्ने उल्लेख गरे । 


होटलका कर्मचारीको २ दिन बराबरको तलब र सो रकममा केहि होटलका तर्फबाट थपेर सहयोग गरीएको कार्यकारी निर्देशक दीपेन्द्र खनालले बताए । होटलमा १३ हजारदेखि ९० हजारसम्म तलव लिने २३ महिलासहित ८० कर्मचारी कार्यरत रहेका छन । 

यस्तै सोही कार्यक्रममा मकवानपुरमा रहेको जय मनहरि क्रसर उद्योगले दुई लाख सहयोग गर्ने घोषणा गरेको छ । उद्योगका सञ्चालक रेगम पन्तले प्रतिबद्धता जनाइएको सो रकम चाँडै फाउन्डेसनलाई हस्तान्तरण गर्ने बताए ।  

रंगशालाको बार भत्काएर सवैलाई चिन्तीत बनाएको अवस्थामा होटलका कर्मचारीका तर्फबाट आएको सहयोगले मल्हम पट्टीको काम गरेको फाउण्डेसनका अध्यक्ष धुर्मुसको भनाइ छ । उनले रंगशाला निर्माणमा सवैले अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिएका छन् । होटलले धुर्मुसलाई बस्नका लागि एउटा कोठा निःशुल्क रुपमा उपलब्ध गराइएको छ । 

उद्योग वाणिज्य संघ चितवनका तर्फबाट एक करोड, उद्योग संघ चितवनका तर्फबाट ५१ लाख, भरतपुर महानगर १३ वडाबाट २५ लाख सहयोग गर्ने घोषणा भइसकेको छ । हालसम्म जिल्लाबाट १४ लाख ७ हजार ५६७ रुपैँया नगद सहयोग भइसकेको र अरु पनि सहयोग आउने क्रम रहेको फाउण्डेसनका अध्यक्ष धुर्मुसले जानकारी दिए ।  

चितवनको रामपुरमा निर्माणकै चरणमा रहेको रंगशाला यही भदौमा शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । यसअघि क्रिकेट रंगशालाको बारमा डोजर चलाइएकोमा  विरोध भएको छ । 

प्रतिक्रिया दिनुहोस