रौतहटमा चट्याङग लागेर एकजनाको  मृत्युु

सफल खबर संवाददाता

शुक्रबार, १७ जेठ २०७६, ०९ : ३९
रौतहटमा चट्याङग लागेर एकजनाको  मृत्युु

रौतहट । रौतहट जिल्लाको दक्षिणीभेग मौलापुर नगरपालिका –९ सोनरनियामा एकजनाको मृत्युु भएको छ ।
गएराती करीव ८ बजे हावाहुुरीसंगै परेको  चट्याङग लागेर सोनरनियाका ४० बर्षिय जयसी पटेलको  मृत्युु भएको हो ।

पानी परिरहेको अवस्थामा खपडाको छाना भएको घरको छानामा  चट्याङग लाग्दा पटेलको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिएका छन ।चट्याङग लागेर पटेलको सोही घरमा रहेको दुुईवटा खसी बाख्रा समेतको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस