भरतपुर महानगरपालिका तेस्रो नगर सभाको तयारीमा

सफल खबर संवाददाता

विहीबार, १६ जेठ २०७६, १९ : १६
भरतपुर महानगरपालिका तेस्रो नगर सभाको तयारीमा

चितवन । भरतपुर महानगरपालिकाले बिहीवारदेखी तेस्रो नगरसभाको तयारी थालेको छ। नगर सभाको तयारी स्वरुप बिहीवारदेखी प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा 3 समूह स्वरुप बिहीवार भरतपुर महानगरपालिकाका तीन वटा वडामा वडा भेला सम्पन्न भएका छन्।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वडा नं. 9 को योजना छनौट तथा वडा भेलाको उद्‍घाटन गर्नुभयो। वडा नं .9 को वडा कार्यालयमा संचालित भेलामा प्रमुख दाहालले लोकतान्त्रिक विधिको अधिकतम उपभोग गरी आफ्ना वडाका विकास निर्माण, सेवा प्रवाह र सुशासनका सवालमा भए गरेका कामहरुको बारेमा रचनात्मक समिक्षा गर्न आग्रह गर्नुभयो। प्रमुख दाहालले सहभागी तथा वडा समितिलाई वडाका प्रमुख आवश्यकताहरु पहिचान गरी महानगरपालिकामा सिफारिस गर्न आग्रह समेत गर्नुभयो।

कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएकी प्रमुख दाहालले भरतपुर महनगरपालिकाभित्र भए गरेका विकास निर्माणका कामहरु के कस्ता भईरहेका छन् कसरी अगाडी बढिरहेका छन् त्यसलाई सक्रियतापूर्वक अनुगमन गर्न समेत आग्रह गर्नुभयो। प्रमुख दाहालले महानगरबासिको प्रमुख माग भौतिक पूर्बाधार भएको र सोही बमोजिमनै भौतिक पूर्बाधारलाई प्राथमिकतामा राखी काम अगाडी बढाईएको बताउनुभयो। प्रमुख दाहालले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सामाजिक सुरक्षा र सुशासनलाई अगाडी बढाई रहेको बताउनुभयो।

वडा भेलाकै क्रममा बिहीवार भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले वडा नं. 27 र 28 का वडा भेलालाई सम्बोधन गर्नुभयो। उप प्रमुख शाहले आफ्ना वडाका आवश्यकताहरुलाई गहन रुपमा छलफल गरी महानगरपलिका सिफारिस गर्न आग्रह गर्नुभयो।

बिहीवारनै भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले वडा नं. 3 र वडा नं. 18 का वडा भेलालाई सम्बोधन गर्नुभयो। सो अबसरमा सुवेदीले आफ्ना वडाका समस्या वडाबासीलाईनै बढी थाहा हुने बताउँदै योजनाहरुको आवश्यकताका आधारमा वर्गिकरण गरी सिफारिस गर्न सुझाउनुभयो।

त्यस्तै 17 गते शुक्रबार वडा नं. 2 र 11 का वडा भेलाहरु हुनछन् । उक्त भेलालाई उपप्रमुख पार्वती शाह ठकुरीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने शुक्रबारनै वडा नं. 4 र 5 का वडा भेलाहरु पनि हुने छन्। उक्त वडा भेलालाई प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

तेस्रो नगर सभामा जुटेकव भरतपुर महानगरपालिकाको  18 गते वडा नं. 20 र 26 को वडा भेलालाई महानगरपालिका प्रमुख रेनु दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त वडा भेलाहरुमा भरतपुर महानगरपालिकाका प्रवक्त अरुण पिडीत भण्डारी पूर्वाधार विकास समितिका संयोजक दामोदर न्यौपाने लगायतको सहभागीता हुने महानगरपालिकाले जनाएको छ।

त्यस्तै जेठ 19 गते वडा नं .15 र 16 , 8 र 21, 1 र 22 वडाका भेलाहरु हुनेछन उक्त वडाहरुमा क्रमशः प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले सम्बोधन गर्नुहुनेछ। त्यस्तै जेठ 20 गते वडा नं. 7 र 10, वडा नं. 14  र 23 वडा नं. 17 र 9 का वडा भेलाहरु हुनेछन्। उक्त भेलालाई क्रमशः प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले सम्बोधन गर्नुहुनेछ।

वडा भेलाको अन्तिम दिन वडा नं .25 र 29 , वडा नं. 6 र 24 , वडा नं. 12 र 13 को क्रमशः प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुबेदीले सम्बोधन गर्नुहुनेछ।

वडा भेलाबाट आएका सुझाब र योजनाका साथै विभिन्न क्षेत्रका विज्ञ र विशेषज्ञ र महानगरपालिकाका विभिन्न उपसमितिहरुका बीच व्यापक छलफल गरी असार 10 गते महानगरले तेस्रो नगरसभा गर्ने तयारीका साथ काम कारवाही अगाडी बढाई रहेको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुबेदीले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस