मोदीको सपथ ग्रहणमा विनोद चौधरी पनि निम्तालु

सफल खबर संवाददाता

विहीबार, १६ जेठ २०७६, १२ : ४९
मोदीको सपथ ग्रहणमा विनोद चौधरी पनि निम्तालु

काठमाडौं । भारतमा दोश्रो कार्यकालका लागि निर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी ओलीमात्रै निम्तालु छैनन्, नेपालबट उद्योगपत्ति तथा काग्रस सांसद विनोद चौधरीसमेत निम्तालुमा परेका छन् ।
सार्क मुलुकमध्येबाट पाकिस्तानबाहेक अन्य ५ देशका कार्यकारी प्रमुखलाई सपथ ग्रहण कार्यक्रममा निम्तो गरेका छन् मोदीले । आजै साझ ७ बजे राष्टपति भवनमा हुने सपथ ग्रहणको निम्तो मान्न प्रधानमन्त्री ओली र उद्योगपति विनोद चौधरी अलगअलग विमानबाट त्यसतर्फ लागिसकेका छन् ।
चौधरीले आफनो समाजिक सन्जालमा उक्त कुराको पुष्टि गर्दै दोश्रोपटक निर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागिताका लागि नयँ दिल्लीतर्फ प्रस्थान गरेको लेखेका छन् ।
मोदी गुजरातको मुख्यमन्त्री हुँदा समधुर सम्बन्ध रहेपछि त्यसयता मोदीले चौधरीलाई खासखास सन्दर्भमा  निम्तो गदै आएका छन् । पहिलो पटक प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा पनि चौधरी मोदीको निम्तालु भएर कार्यक्रममा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस