क्रिकेट रंगशालाको बारमा डोजर लगाउनेविरुद्ध नेकपाका स्थानीय नेताले मुख खोले

सफल खबर संवाददाता

विहीबार, १६ जेठ २०७६, ११ : ११
क्रिकेट रंगशालाको बारमा डोजर लगाउनेविरुद्ध नेकपाका स्थानीय नेताले मुख खोले

चितवन । भरतपुर १५ मा निर्माणाधीन अवस्थामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार डोजर लगाएर भत्काउने समूहलाई कडा कारबाहीको माग गरिएको छ । 
वडा नं १५, १६ र १७ का नेकपाका स्थानीय नेताहरुले विज्ञप्ति जारी गरी अराजक समूहले डोजर लगाएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ–नेकपा पार्टीको नाम जोडिएर केही नामहरु सार्वजनिक भएकामा ती व्यक्तिहरुको पनि निष्पक्ष छानविन गरी पार्टीको सांगठनिक कारबाहीको लागि वडा नं १५, १६ र १७ जोडदार माग गर्दछौँ । विज्ञप्तिमा रंगशाला निर्माणको लागि सहज वातावरण बनाउन लागिपर्ने जनाइएको छ । 


 

प्रतिक्रिया दिनुहोस