भव्यताका साथ विश्व धुम्रपानरहित दिवस मनाइने

सफल खबर संवाददाता

मंगलबार, १४ जेठ २०७६, १८ : ४१
भव्यताका साथ विश्व धुम्रपानरहित दिवस मनाइने

चितवन । विश्व धुम्रपानरहित दिवस २०१९ चितवनमा भव्यताका साथ मनाउन भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालको अध्यक्षतामा आज बैठक सम्पन्न भएको छ ।

बैठकले जेठ १७ गते  बिहान ६ बजे जन सचेतना ¥याली नारायणगढ बसपार्कबाट लायन्स चोकसम्म आएर औपचारिक कार्यक्रम गर्ने, अपराह्न्नमा सन राइज बोर्डिङ स्कुलमा धुम्रपान निरोध सम्बन्धी तालिम तथा प्रशिक्षण र बेलुकी नेपाल जुनियर प्रहरी शिक्षालयमा करिव ५ सय जुनियर प्रहरीहरुलाईधुम्रपानबाट हुने रोगहरु, हालको अवस्था, जिल्ला जिल्लामा गएर धूम्रपान नियन्त्रण गर्न तालिम तथा प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ ।

चुरोट खैनी तमाखु महानगरपालिका भित्र नियन्त्रण गर्न नगर प्रहरी, टोल विकास संस्था, आमा समुहमार्फत र प्रहरीहरुमार्फत अभियान नै सञ्चालन गर्ने निर्णय गरिएको मेयर दाहालले बताउनु भयो । नेपाल अबुर्द रोग निवारण संस्थाका जिल्ला सभापति दिनेश कुमार चुके, उपसभापति गोबिन्द पौडेल, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजय आचार्य, क्यान्सर रोकथाम विभागका नि. प्रमुख किशोर प्रधानाङ्ग, चितवन रोटरी क्लबका अध्यक्ष कपिल बाबु खनाल र मेयरका प्रेस सल्लाहकार सुरेश चन्द्र अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस