प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा झण्डा पुजा

गणतन्त्र दिवसको पूर्व सन्ध्यामा विभिद कार्यक्रम

सफल खबर संवाददाता

मंगलबार, १४ जेठ २०७६, १७ : १५
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा झण्डा पुजा

चिवतन । गणतन्त्र दिवसको पूर्व सन्ध्यमा जिल्ला प्रशासन कार्यालय चितवनमा झण्डोत्तोलन गरिएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रशासकीय अधिकृत, शाखा अधिकृतलगायत अन्य कर्मचारीहरुले झण्डा पुजा गरी  झण्डोतोलन गर्नु भएको हो । राष्ट्रको गौरव राष्ट्रिय भण्डा भएको र राष्ट्रिय झण्डाको सम्मान र पुर्जा गर्नु हरेक नेपालिको दायीत्व हुने भएकाले झण्डा पुजा गरी झण्डोतोलन गरिएको प्रशासन कार्यालयका अधिकारीहरुले बताएका छन् ।

१५ गते गणतन्त्र दिवस भएकाले त्यसको पूर्व सन्ध्यामा कार्यालय समय सुरु हुनु पूर्व झण्डा पुजा गरी कामकाज सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सुब्बा रबिराज रेग्मीले बताउनु भयो ।  

गणतन्त्र दिवस मुल समाहरोह समितिले तय गरेका ३ दिने कार्यक्रम अन्र्तगत पहिलो दिन मंगलबार सबै कार्यालयमा झण्डा फहराउने  निर्णय भएकोले कार्यालयमा पनि राष्ट्यि झण्डा फहराएको रेग्मी बताउनु हुन्छ  । चितवनमा गणतन्त्र दिवस भव्यताका साथ मनाउन जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटीको अध्यक्षतामा जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, सबै राजनीतिक दलका प्रमुख, सरकारी कार्यालयका प्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु उद्योग वाणिज्य संघका प्रतिनिधि गैह्र सरकारी संघ संस्थाका प्रतिनिधि सम्मिलित ५५१ सदस्य मुल समाहरोह समिति गठन भएको छ । कार्यक्रम अन्र्तगत १४ गते साँझ दिपावली गर्ने, १५ गते बिहान ७ बजे चौबिसकोठीबाट प्रभातफेरी कार्यक्रम गर्ने, प्रभातफेरी सके लगत्तै औपचारिक कार्यक्रम गर्ने, गणतन्त्र दिवस २०७६ लेखिएको बेलुन उडाएर कार्यक्रमको उद्धघाटन गर्ने, पुरस्कार वितरण गर्ने, कारागारका कैदि बन्दिलाई फलफूल वितरण गर्ने र साँझ दिपावली गर्ने लगायतका रहेका छन् । 
त्यस्तै १६ गते चौबिसकोठी चौतारीमा रत्तदान कार्यक्रम गर्ने र सरकारी कार्यालयमा फलफूलका विरुवा रोप्ने कार्यक्रम रहेकोे छ । 

प्रतिक्रिया दिनुहोस