कारागारमा भएको हिंसामा परी ब्राजिलमा ४० जना कैदी मारिए

एजेन्सी

मंगलबार, १४ जेठ २०७६, १४ : ४४
कारागारमा भएको हिंसामा परी ब्राजिलमा ४० जना कैदी मारिए

रियो डे जानेरो । उत्तरी ब्राजिलको चार ओटा जेलका सोमबार छुट्टाछुट्टै भएको हिंसामा परी ४०   जनाको ज्यान गएको छ ।
शुरुका यस घटनामा परी ४२ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका थिए । तर केही समयपछि कुनै विस्तृत विवरण विना यस ंिहसामा परी ४० मारिएका अधिकारीहरुले बताएका समाचारमा उल्लेख गरिएको छ ।  ब्राजिलको ग्लोबो समाचार वेबसाइटका अनुसार सोमबार भएको यस घटनामा अन्य कैयौँ कैदी घाइते भएका छन् ।

 ब्राजिलका कारागारहरूमा कोचाकोच हुने कारण नै कैदीहरूबीच झगडा हुनुका साथै कहिलेकाहीँ जेल तोडेर भाग्ने प्रयास पनि हुने गरेको बताइन्छ । 
 जेलभित्र रहेको समूहबीचको झडपमा १५ जना कैदी मारिएको एक दिनपछि पुनः यो घटना भएको बताइएको छ । एमाजोनास् राज्यको प्रान्तीय राजधानी मनाअसमा यो घटना भएको अधिकारीहरूले बताएका छन् ।

 कारगारामा धेरै भीड भएको र अक्सिजनको अभावका कारण श्वासप्रश्वासमा अवरोध भई कैदीहरूको ज्यान गएको अधिकारीहरुले बताएका छन् । कैदीका आफन्तहरूका अनुसार कारागारमा एकदम भद्रगोल अवस्थाको कारण नै हिंसा शुरु भएको सोही कारण ज्यान गएको छ ।  

दुई वर्षअघि ब्राजिलको कारागारमा कैदीहरूबीच भएका झडपमा परी भएको ५६ मारिएका थिए । ब्राजिलमा कैदीहरूको सङ्ख्या विश्वमै तेस्रो स्थानमा पर्दछ । 
आधिकारिक तथ्याङ्कअनुसार यस वर्षको एप्रिलसम्म त्यहाँ सात लाख १२ हजार ३०५ जना कैदी थिए । उक्त सङ्ख्या ब्राजिलका कारागारहरूले थेग्न सक्नेभन्दा तीन गुणाले बढी हो ।(रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस