मानव बेचविखनको आरोपमा तीन पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १४ जेठ २०७६, १२ : ४६
मानव बेचविखनको आरोपमा तीन पक्राउ

हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुरले मानव बेचबिखन तथा ओसार पसारमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नंबर १ चौकीटोलबाट आइतबार दिउँसो साढे ५ बजे प्रहरी टोली, माईती नेपाल र साना हातहरु नेपालको सहयोगमा एक युवतीसहित २ युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा नुवाकोट कल्याणपुर गाउँपालिका–९ घर भई हाल भारतको कलकत्ता बस्ने २४ वर्षीया कविता भन्ने मनिका तामाङ, भारतको झारखण्ड राज्यको राँची बस्ने २६ वर्षीय अंशु साहु र सोही ठाउँ बस्ने २३ वर्षीय राजाराम महतो रहेका छन् । उनीहरुले दुई युवतीलाई प्रलोभन देखाउँदै काठमाडौंबाट वीरगञ्ज हुँदै भारत तर्फ लैजाँदै गरेको अवस्थामा  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मानव बेचबिखन र ओसारपसारमा संलग्न भएको आरोपमा ३ जनालाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस