मोदीको सपथ ग्रहणमा प्रधानमन्त्री ओली भारत जाँदै

सफल खबर संवाददाता

मंगलबार, १४ जेठ २०७६, ११ : १९
मोदीको सपथ ग्रहणमा प्रधानमन्त्री ओली भारत जाँदै

काठमाडौँ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनु  हुने भएको  छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबार प्रम ओली भारत जान लागेको पुष्टि गर्नुभएको छ । परराष्ट्रमन्त्री ज्ञवालीका अनुुसार प्रधानमन्त्री सपथमा भाग लिएर शुक्रबार फर्कनुहुनेछ ।

प्रधानमन्त्रीसँग दिल्ली कोको जाने भन्ने टुङ्गो लागेको छैन । सोमबार साँझ लिखित निम्तो आयो, सपथमा जाने डेलिगेसनको टुङ्गो अझै लागेको छैन। भारतीय प्रधानमन्त्री मोदीले यसपटकको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्रहरूलाई बोलाएका छन् ।

बिमस्टेकमा नेपाल, बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भुटान सदस्य रहेका छन् । बिमस्टेक सदस्य राष्ट्रका सरकार र राष्ट्रप्रमूख बाहेक कीर्गिजस्थानका राष्ट्रपति र मोरिससका प्रधामन्त्रीलाई पनि सो समारोहको लागि आमन्त्रण गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतले छिमेकी राष्ट्र पाकिस्तानलाई भने सपथ ग्रहण समारोहमा बोलाएको छैन ।

प्रतिक्रिया दिनुहोस