सुकेधारा र अनामनगरमा यसरी भएको रहेछ बिस्फोट

एकै ठाउमा बनाएको टाइम बम दुईतिर बिस्फोट

सफल खबर संवाददाता

मंगलबार, १४ जेठ २०७६, ११ : ०९
सुकेधारा र अनामनगरमा यसरी भएको रहेछ बिस्फोट

काठमाडौं । प्रतिबन्धित नेकपाका आफनै नेता कार्यकर्ता आन्तरिक दुर्घटनामा पर्ने गरी भएको राजधानीको अनामनगर र सुकेधार विस्फोट कसरी घट्यो ? अहिले यो विषय सुरक्षा निकाय देखि स्वंम विप्लवका लागि पनि खोजीको बिषय वनेको छ । 

नेपाल बन्द सफल बनाउन प्रयोग गर्न खोजिएको बिस्फोटमा विप्लवका नेता कार्यकर्ता आफ्ै आन्तरिक दुर्घटनामा परे । अनामनगर र सुकेधारामा गरी ४  जना विप्लव कार्यकर्ताको मृत्यु भयो, अरु थप केही घाइते भए । अनमनगरमा विद्यार्थी नेता प्रज्वल शाही र सुकेधार घटनामा महान, दीपेन्द्र र निरन्तरको निधन भएको थियो ।

उक्त घटनामा पार्टी, जनमुक्ति सेना र जसका कमान्डरहरूको निधन भएको पुष्टि महासचिव विप्लव स्वंमले गरिसकेका छन् ।सोमबार साझ वक्तब्य जारी गदै विप्लवले घटनामा निधन भएकाहरुलाई सहीद घोषणा मात्र गरेका छैनन, यसप्रकारको घटना कसरी हुनपुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता समेत जनाए । 

विप्लव निकट एक उच्च स्रोतले दिएको जानकारी अनुसार, उक्त घटना प्राबिधिक रुपमा घट्न पुगेको हो ।१२ गते ४ वजेर १५ मिनेटमा सुकेधारा र अनामनगरमा एकैपटक बिस्फोट हुँदा नेकपाका आफनै कार्यकर्ताले ज्यान गुमाएका थिए । खासमा त्यो विस्फोट उनीहरुले १३ गते विहान ४ वजेर १५ मिनेटमा गराउन खोजेका थिए ।

बम, टाइम वम थियो । १२ गते दिउँसो २ वजे अनामनगरमा जहाँ बिस्फोट भएको थियो, त्यहीवाट दुवैतिर बिस्फोट भएको टाइम बम बनाईएको स्रोतले वतायो । 

त्यसरी बनाईएको बम राजधानीका विभिन्न स्थानमा बिस्फोट गराउने योजनाका साथ विप्लवका नेता –कार्यकर्ताले बनाएका थिए ।

बम बनाउन निर्देशन उपत्यका ब्यूरो इन्चार्ज प्रज्ज्वल (माइला लामा) ले दिएका थिए । त्यसरी वनाईएको वम बिकेन्द्रित गरि सिंहदरवारको मुखै छेउ अनामगनरमै बिस्फोट गराउन राखिएको टाइम बम त्यही बिस्फोट भएको कोठामा र अर्काे सुकेधारा चावहिल आसपास बिस्फोट गराउने योजना सहितको बम त्यत्तै लगेर राख्नका लागि केही कार्यकर्ताले बोकेर लगेको स्रोत वताउँछ ।

अनामनगर र सुकेधारा आसपास बिस्फोटका लागि राखिएका टाइम बम साझ तिर कतै छोडने योजना विप्लवका कार्यकर्ताले वनाएका थिए । त्यही भएर अनामनगरमा बम राख्न वसेको टोली त्यही बिस्फोट भएको कोठामै बसेका थिए भने सुकेधारा तिर राख्न गएका टोली बम बोकेर त्यसक्षेत्रतिर लागेका थिए ।

 दिउँसै बम राख्दा आशंका हुने र बिस्फोट अगावै प्रहरीकहाँ बम राखेको खवर पुग्ने ठानी उनीहरुले साझपख बम राख्ने योजना वनाएका थिए ।

सुकेधारा तिर लागेको टोली साझ पर्न अझै समय रहेपछि जीवकुमार ठाकुरको सैलुनमा कपाल काट्न झोलामा राखिएको बमै वोकेर पुगेका थिए ।

कपाल काटीवरी त्यहाँबाट हिडने र कतै बम छोडेर लाखापाखा लाग्ने योजनामा विप्लवका नेता कार्यकर्ता थिए । तर विहान पडकाउन राखिएको टाइम मा एम (AM ) राख्नु पर्नेमा पिएम (PM ) राखेपछि दिउँसै बिस्फोट भएको नेकपा उच्च स्रोतले वतायो ।
बम वनाउने बेलामा कसैले पनि एम, पिएममा हेक्का राखेनन्, त्यही भएर १३ गतेको विहान पडकाउन खोजिएको बम अघिल्लो दिन दिउँसो नै बिस्फोट भयो । अनामनगरमा र सकुेधारामा एकैपटक बिस्फोट हुन पूग्यो । 


लामाका योजना सधै दुर्घटनामा

विप्लवका उपत्यका ब्यूरो इन्चार्ज प्रज्वल (माइला लामा)को योजना सधैजसो आन्तरिक दुर्घटना हुने गरेको रहस्य पनि खुलेको छ । 

तत्कालिन माओवादीको १० वर्षे युद्दकै क्रममा पनि लामा एम्बुस राख्ने आन्तरिक तयारीकै क्रममा आफै दुर्घटनामा परेका थिए । काभ्रेमा भएको उक्त दुर्घटनामा परी उनले आफनो एउटा आखा र कानको सुन्ने स्मरण शक्ति समेत गुमाए । 

त्यसपछि पनि उनकै निर्देशनमा दोश्रो संविधानसभा चुनावका बेला काठमाडौं टेकुमा अर्काे आन्तरिक दुर्घटना भयो । अहिलेका गृहमन्त्री समते त्यसवेला चुनाब बहिष्कार अभियानमै थिए । पार्टीले ठूला बिस्फोटका योजना नबनाएपनि लामा स्वंमले आक्रामक फौजी योजना वनाए । 

त्यसबेला सास्कृतिक फाँटको पनि जिम्मेवारी लिएका लामाले कार्यकर्ता आरोह नेपाली लगायतलाइृ टेकुमा सेवोटेज गर्ने गरी खटाए । त्यो बिस्फोट पनि आन्तरिक दुर्घटना हुन पुग्यो । आरोहको एउटा हात गुम्यो । 

अहिले नेपाल बन्द सफल वनाउने योजना अन्र्तगत बिस्फोट गराउन लामाकै निर्देशनमा बनाउन खोजिएको प्लान पनि आन्तरिक दुर्घटनाकै कारण असफल हुन पुग्यो । उल्टै विप्ल्वको पार्टीले आफनै होनाहार ४ कार्यकर्तालाई गुमाउन परेको छ । 

प्रतिक्रिया दिनुहोस