भोजपुर । भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा एक बालकको हत्या भएको छ । २२ महिने छोरा सम्बोधनको उनको आफ्नै आमाले हत्या गरेकी हुन्।
२५ वर्षीया सम्झना थापाले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले घाँटी छिनाएर हत्या गरेकी हुन् ।
रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी सम्झनाको परिवार पानीट्याङ्की टोलमा भिनाजुको घरमा बस्दै आएको थियो । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् ।
लघुवित्त कम्पनीमा काम गर्ने बालकका बाबु सूर्यबहादुर थापा भने कार्यालयको कामले सदरमुकाम वाहिर गएको पाइएको भोजपुरका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए ।
प्रहरीले हत्यारा सम्झनालाई पक्राउ गरी घटनाको विषयमा थप अनुसन्धान थालिएको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ जेठ २०७६, १० : २२
लेखकबाट थप