चितवनको विकासका लागि ५० करोड रुपैयाँ रकमान्तर

सफल खबर संवाददाता

मंगलबार, १४ जेठ २०७६, ०९ : ३१
चितवनको विकासका लागि ५० करोड रुपैयाँ रकमान्तर

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले  चितवनको विकासका लागि ५० करोड रुपैयाँ रकमान्तर गरेका छन् । आफ्नो गृह जिल्ला  समेत रहेको समग्र जिल्लाको विकासको लागि गृहमन्त्री बादलले विभिन्न ७ वटा योजनाका लागि ५० करोड रुपैयाँ रकमान्तर गरेका हुन् ।  संचारकर्मीसँग कुरा गर्दै गृहमन्त्री बादलले भने,'चितवनको विकासका लागि बादल छैन् भन्ने होईन्, अब गृहमन्त्रालयसगैँ जिल्लाको विकासका लागि समेत सधैँ चिन्तित छु'।    

उनले भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाको सडक निर्माणका लागि सो रकमान्तर गरेको बताए । गहृमन्त्रीको सचिवालयले दिएको पत्र अनुसार रकमान्तर गरिएको रकम शहरी विकास अन्र्तगत सडक कालोपत्र र साईड डेन निर्माणका लागि रहेको छ ।
त्यस्तै गृहमन्त्री बादलले राप्ती र खैरहनी नगरपालिकासहित पाँच नगरलाई आगामी बजेटमा स्मार्ट सिटी अन्तर्गत राख्न शहरी विकास मन्त्रीसँग टेलिफोन र भेट संवादमा पहल गरेको बताएका छन् । जिल्लाको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाको विकास को लागी पनि उनले चासो देखाएका छन् । 

प्रतिक्रिया दिनुहोस