काग्रेसको संगठनमा पनि भद्रगोल

एउटै वडामा दुई भन्दा बढी अध्यक्ष

सफल खबर संवाददाता

मंगलबार, १४ जेठ २०७६, ०८ : २२
काग्रेसको संगठनमा पनि भद्रगोल

काठमाडौं । प्रतिपक्षी काग्रेसको स्थानिय तहमा संगठनात्मक भद्रगोलता देखिएको छ । जनबर्गीय संगठनमा मात्रै होइन, पार्टीका स्थानिय कमिटिमा पनि काग्रेसको अबस्था उस्तै छ । एउटै वडामा काग्रेसका दुई वा दुई भन्दा बढी अध्यक्ष रहेका कारण स्थानिय पार्टी कमिटि लथालिंग भएको छ ।

नयाँ संघीय संरचना अनुसार काग्रेसले पार्टी कमिटिको संरचना निर्माण गर्न नसक्दा भद्रगोलता देखिएको हो । स्थानिय तहमा एउटै वडामा दुई वा दुई भन्दा बढी गाविसहरु गाभिएका कारण ति गाभिएका गाविस अध्यक्षहरु सबै अहिले कमिटिको अध्यक्षकै हैसियतमा छन् ।

काग्रेसले स्थानिय तहको केन्द्र जहाँ तोकिएको छ, त्यही ठाँउका साविक अध्यक्षलाई अध्यक्ष र अन्यकालाई सहअध्यक्ष वनाउने गरी केन्द्रबाट आन्तरिक सर्कुलर गरेको थियो । तर त्यो सर्कुलरपछि झन स्थानिय तहमा बिवाद वढेको छ ।

कतिपय स्थानमा वरिष्ठ भन्दा कनिष्ठले पार्टी केन्द्रको सर्कलरका आधारमा अध्यक्ष पाएका कारण विवाद वढेको हो ।

बिवाद बढेपछि पार्टीको जागरण अभियान समेत प्रभाबित हुन थालेको काग्रेसका एक नेताले बताए । एउटै वडामा पनि दुई वा दुई भन्दा बढी अध्यक्ष भएका कारण पार्टीका कार्यक्रमको अध्यक्षता कसले गर्ने ? कसले कार्यक्रम चलाउने देखि को बरिष्ठ , कनिष्ठ सम्मका बिवाद काग्रेसभित्र देखिएको छ ।

संविधान जारी भएपछि नयाँ संरचना अनुसार ७ प्रदेश र ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा उसको अहिलेसम्म पार्टीको संगठन वनेको छैन । १ सय ६५ संघीय संसदको निर्वाचन क्षेत्र, ७ सय ५३ पालिका र ६ हजार ७ सय ४३ वडा छन् । तर यी सबै संरचनामा काग्रेसको कमिटि बनेको छैन ।  

प्रतिक्रिया दिनुहोस