अमेरिकी राजदुतले टेरेनन् परराष्ट्र मन्त्रालयलाई

राजदुतसँग गफगाफ शुरु, सरकार मौन

सफल खबर संवाददाता

मंगलबार, १४ जेठ २०७६, ०७ : ४१
अमेरिकी राजदुतले टेरेनन् परराष्ट्र मन्त्रालयलाई

काठमाडौं । अन्ततः नेपालस्थित अमेरिकी राजदुत ¥यान्डी बेरीले ‘राजदुतसँग गफगाफ’ कार्यक्रम शुरु गरेका छन् । नेपालको जनसरोकार र सम्वेदनशील विषयमा राजदुतले टिप्पणी गर्न सक्ने भन्दै नेपालभित्र यसको कुटनीतिक क्षेत्रमा तिव्र आलोचना भएको थियो ।

राजदुतले समाजिक सन्जालमा यसरी गफगाफ गर्ने सूचना जारी गरेपछि कुटनीतिक मर्यादा र भियना कन्फेन्सनका विषयमा कुरा उठेको थियो । कुटनीतिज्ञले नेपाली समाजसाग प्रत्यक्ष अन्तरसम्वाद गर्न लागेको विषयमा चर्काे आलोचना शुरु भएपछि परराष्ट मन्त्रालयले राजदुत वेरीलाई स्पष्टीकरणका लागि मन्त्रालयमा बोलाएको थियो ।

परराष्ट सचिव शंकरदास वैरागीले बेरीलाई कार्यक्रममा पूर्नविचार गर्न आग्रह गरेका पनि थिए । सामाजिक सन्जालमा सोझै प्रश्नोत्तर गरिने कार्यक्रम रहेकोले राजदुत बेरीको कदम कुटनीतिक परम्परा र मर्यादा बाहिर भनेर आलोचना भएको थियो ।

राजदुतले परराष्टका अधिकारीले कार्यक्रममा गर्न गरेको पूर्नविचारमा कुनै वास्ता नगरी आफुखुसी भिडियो सार्वजनिक भईसकेको छ । यस विषयमा परराष्टले मुख खोलि सकेको त छैन । तर परारष्टलाई नै नटेरेर  राजदुत बेरीले आफ्नो कार्यक्रम शुरु गरेका हुन् ।

उनीसँग सामाजिक सञ्जालमा ४० लाख फलोअर छन् । उनले फलोअरसग प्रत्यक्ष भेटघाट गर्न असम्भव रहेको भन्दै सामाजिक सञ्जालबाटै कार्यक्रम चलाएर प्रत्यक्ष जोडिने वताएका थिए ।

त्यही क्रममा सोमबार वेरीले पहिलो सम्वाद सार्वजनिक गरेका हुन् । पहिलो सम्वादमा उनले अमेरिका पढ्न जान चाह्ने विद्यार्थीको प्रश्नको जवाफ दिएका थिए । दुतावास स्रँेतले भने, प्रत्यक्ष सम्वाद कार्यक्रममा प्रश्नकर्ताहरुले सोधेका प्रश्नहरुको पहिले सम्पादन गर्ने र भिडियो पनि सम्पादन गरेर मात्र सार्वजनिक गरिने बताएको छ ।

अमेरिकी राजदुत रेण्डी बेरीको यो  (अ) कूटनीतिक एक्टिभिज्म हो । जनतासँग गरिने यस्ता गफगाफमा कुटनीतिक मर्यादा उलघन हुने र आन्तरिक राजनीतिक, अरु सम्वेदनशील विषय र जनसरोकारका विषय पर्न सक्छन् । राजदुतले गफगाफ कार्यक्रम सार्वजनिक नै गर्न थालेपछि परराष्टको प्रतिक्रिया आएको त छैन  तर परराष्टले अव यो विषयलाई कसरी हेर्छ ? अहिले सवैको चासोको विषय वन्न पुगेको छ । 


 

प्रतिक्रिया दिनुहोस