नुहाउनेक्रममा नारायणीमा डुबेर एक युवा बेपत्ता

सफल खबर संवाददाता

सोमबार, १३ जेठ २०७६, २१ : ३९
नुहाउनेक्रममा नारायणीमा डुबेर एक युवा बेपत्ता

फाईल फोटो

चितवन ।  चितवनस्थित नारायणी नदिमा डुबेर आज एक युवा बेपत्ता भएका छन । भरपुर महानगरपालीका ११ का २१ वर्षीय गोपाल मगर डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पौडी खेल्न गएका उनि भरतपुर १ बागेश्वरी मन्दीर नजिकैबाट बेपत्ता भएको जनाइएको छ । उनि बगेको देखेपछि स्थानियले मध्यान्ह १२ बजे खवर गरेको प्रहरीले जनाएको छ ।
दिनभर खोजी गरे पनि आज साँझसम्म फेला नपरेको बताईएको छ । भोली विहानैबाट खोजीकार्यलाई जारी राख्ने प्रहरीले बताएको छ ।  
 

प्रतिक्रिया दिनुहोस