विप्लवका १५ जना कार्यकर्ता पक्राउ

सफल खबर संवाददाता

सोमबार, १३ जेठ २०७६, २० : ३०
विप्लवका १५ जना कार्यकर्ता पक्राउ

काठमाडौं । नेकपा विप्लव समूहले आवह्वान गरेको नेपाल बन्दको क्रममा शंकास्पद गतिविधिमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट आइतबार राती ७ जनालाई प्रहरीले पर्चा, पम्पलेटजस्ता सामानसहित बरामद गरेको थियो । 

यस्तै ललितपुर एकान्तकुनाबाट ४ जना, रुकुम पश्‍चिम आठबिसकोट–४ छेडीबगरबाट १ जना, झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारीबाट १ जना र सुर्खेतको भेरीगंगा नगरपलिका–१२ रत्नराजमार्गबाट २ लाई प्रहरीले पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस