कृष्ण सेन इच्छुकको सम्झनामा दिप प्रज्वलन

सफल खबर संवाददाता

सोमबार, १३ जेठ २०७६, १९ : ५४
कृष्ण सेन इच्छुकको सम्झनामा दिप प्रज्वलन

भरतपुर । साहित्यकार तथा वरिष्ठ पत्रकार कृष्ण सेन इच्छुकको १७ औं स्मृति दिवसको अवसरमा सोमबार साँझ भरतपुरमा दिप प्रज्वलन गरिएको छ । प्रेस संगठन चितवनद्वारा भरतपुरको चौविसकोठीमा आयोजित दिप प्रज्वलन कार्यक्रममा पत्रकार, राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणले महान शहिद कृष्ण सेन इच्छुुकको योगदानको चर्चा गर्दै दिप प्रज्वलन गरेर स्मरण गरे । 

१७ औं स्मृति दिवसको अवसरमा आयोजित दिप प्रज्वलन कार्यक्रममा दिप प्रज्वलन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३ नम्बर प्रदेश सदस्य तथा प्रदेश नम्बर तीनका सांसद घनस्याम दाहाल (अविनाश) ले स्वर्गिय सेनले नेपाली समाजको रुपान्तरणको आन्दोलनमा पत्रकारीता र साहित्यमार्फत महत्वपूर्ण योगदान दिएर गएको भन्दै उहाँले देखाएका आर्दशलाई अनुशरण गर्दामात्र सेनको सच्चा स्मरण हुने बताउनु भयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार (इन्द्रजित) ले स्वर्गिय सेनलाई तत्कालिन शासकले गिरफ्तार गरी चरम यातना दिएर पासविक हत्या हत्या गरेको प्रसंग उल्लेख गर्दै उहाँले नेपाली समाजलाई छोडेर जानुभएको योगदान अनुकरणीय रहेको बताउँदै शहिद सेनप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । 



कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रीय सदस्यहरु सुरेश चन्द्र अधिकारी, सालिकराम नेपाल, शिशिर सिंखडा,अनन्त प्रकाश सुबेदी, पत्रकार महासंघका केन्द्रीय सदस्यहरु कृष्ण गिरी, सृजना अर्याल, नेपाल पत्रकार महासंघका प्रदेश कमिटिका सदस्यहरु प्रविण बराल, रामकान्त पौडेल, कोमलचन्द्र भगत, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण अधिकारी, सान्ता अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल र पत्रकार तथा सर्वसाधारणको सहभागिता रहेको थियो । नेकपा प्रदेश संगित भटट्राई, अर्जुन पाठक, अधिकारकर्मी मिना खरेल सदस्य र पत्रकार तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

पत्रकार तथा कवि कृष्णसेन इच्छुकको २०५९ साल जेठ १३ गते काठमाडौंको महेन्द्र पुलिस क्लवमा चरम यातना दिएर पासविक हत्या तत्कालिन सरकारले गरेको थियो । कार्यक्रम प्रेस संगठन चितवनका नेता प्रकाशमणि ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस