यौन दुव्र्यवहारको आरोपमा चितवनमा एक जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, १३ जेठ २०७६, १९ : २६
यौन दुव्र्यवहारको आरोपमा चितवनमा एक जना पक्राउ

फाईल फोटो

चितवन । बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा चितवनमा एक व्यक्ति पक्राउ परेका छन । रत्ननगर नगरपालिका वडा नम्बर १५ माधवपुरका ४५ वर्षीय निम बहादुर सुनारलाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक सन्तोस आचार्यले जनाकारी दिए । 
आचार्यका अनुसार सुनारले ११ वर्षीया बालिकामाथी विभिन्न समयमा यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ । सुनारलाई उनकै घरबाट सोमवार पक्राउ गरीएको हो । 
अनुसन्धान भईरहेकाले दोषी पाईए बाल यौन दुव्र्यवहार अन्तर्गत कारवाहि हुने डिएसपी आचार्यले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस