सुकेधारा बम विस्फोटमा मृत्यु भएका तीनै जना विप्लव समूहका कार्यकर्ता

सफल खबर संवाददाता

सोमबार, १३ जेठ २०७६, १९ : २२
सुकेधारा बम विस्फोटमा मृत्यु भएका तीनै जना विप्लव समूहका कार्यकर्ता

काठमाडौं । सुकेधारा बम विस्फोटमा परी मृत्यु भएका तीनै जना नेकपा विप्लव समूहका कार्यकर्ता भएको खुलेको छ । सोमबार तीनै जनाको सनाखत भएको प्रहरी स्रोतले जनाएको छ ।
मृत्यु हुनेमा २७/२८ वर्षका कालिकोटका विभुराम भन्ने दिपेश विक, ३२/३३ वर्षका दाङको बबई गाउँपालिकाका गोकुल रानामगर र ठेगाना नखुलेका निरन्तर मल्लको रहेका छन् । घटनामा ५ जना घाइते भएका छन् । 
आइतबार सुकेधारास्थित एक सैलुनमा बम बनाउने क्रममा विस्फोट हुँदा एक जनाको घटनास्थलमा मृत्यु भएको थियो भने दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस